शाहरुखको फिल्म ‘जिरो’ रिलिज अगावै फाइदामा

शाहरुखको फिल्म ‘जिरो’ रिलिज अगावै फाइदामा

केन्द्रबिन्दु
0
Shares

‘बलिउड बादशाह’, ‘किङ खान’, ‘रोमान्स किङ’ अर्थात शाहरुख खान।

खान विश्वकै धनाढ्य अभिनेताको सूचीमा पर्छन् । फिल्मबाहेक विभिन्न उत्पादनको विज्ञापनबाट शाहरुखले करोडौं कमाउँछन् । परिवारप्रति अत्यन्तै वफादार अभिभावकको रुपमा शाहरुख चिनिन्छन् । करियरको उतार–चढावबीच पनि उनले पारिवारिक सन्तुलन गुमाएनन् ।

शाहरुख कुनै बेला टेलिफिल्ममा काम गर्थे । कडा श्रम र निरन्तर लगावले नै उनी यो उचाईसम्म पुगेका हुन् । उनको पहिलो फिल्म ‘दिवाना ’हिट भएको थियो । यहि फिल्मबाट सर्वोत्कृष्ट नवोदित अभिनेताको फिल्मफेयर अवार्ड पाएका थिए ।

दिलवाले दुल्हानियाले जायेंगे जस्ता बल्कबस्टर फिल्म दिएका उनलाई कुछ कुछ होता हे, कभि खुशि कभि गम, कल हो ना हो जस्ता फिल्मले उनको करियरमा नयाँ मोड लियो । तर पछिल्लो समयमा उनको फिल्म बैक टु बैक फ्लप भैरहेको छ । तर पछिल्लो फिल्म जिरोले उनको ओरालो लागेको करियरलाई फेरि माथि उकासेको छ ।

२१ डिसेम्बरमा शाहरुख खानको फिल्म ‘जिरो’ रिलीज हुन लागेको छ । उनको लागि यो फिल्मको सफलता निकै महत्व राख्छ । शाहरुखको पछिल्लोे रिलिज भएको फिल्म हेर्ने हो भने बक्स अफिसमा सफल रहेन । त्यसैले बक्स अफिसमा जिरो फिल्मलाई सफलताको दबाव बढिरहेको छ ।

यस फिल्ममा शाहरुख एक्टर मात्र नभएर निर्माता पनि हुन् । यो फिल्म २ सय करोडको बजेटमा बनेको हो । तर शाहरुखलाई फिल्मबाट घाटा हुनेवाला छैन । फिल्मले रिलिज हुनुभन्दा अघि नै २ सय करोडभन्दा माथि कमाइ गरिसकेको छ । अर्थात फिल्म नाफामा गइसकेको छ ।

फिल्मको म्युजिक र थियेट्रिकल राइट्स १ सय करोडमा बेचिएको छ भने ओवरसीज राइट्स ४० करोडमा बेचिएको छ । पछिल्लो फिल्म दिलवाले १ सय ३० करोडमा बेचिएको थियो ।

Logo