श्रृंखला भन्छिन्, ‘नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना छ’ (भिडियोमा)

श्रृंखला भन्छिन्, ‘नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना छ’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गरिएको थियो जसमा श्रृंखला खतिवडाले आफ्नो मिस वर्ल्डको अनुभव सुनाएकी छन् । श्रृंखलाले उक्त कार्यक्रममा आफु नेपालको पहिलो प्रधानमन्त्री बन्ने सपना रहेको कुरा समेत बताइन् ।

उक्त कार्यक्रममा एक पत्रकारले सोधेको प्रश्न, मिस वर्ल्डको फाइनलको दौरान मिस वर्ल्डको अफिसयल पेजमा टप ५ मा नेपालको नाम पनि समावेश गरिएको थियो पछि नेपालको नाम हटाएर थाइल्याण्डको नाम राखियो यस्तो के हुन्छ भन्दा उनले भनिन्, ‘सुरुमा त यो कुरा सुन्दा मलाई पनि खल्लो लागेको थियो । तर हामी त्यति बेला स्टेजमै थियौं ।’

पत्रकारले निर्मला पन्त र श्रृंखलालाई तुलना गरिएको थियो नि भन्ने सोधेको प्रश्नमा उनले भनिन्, ‘निर्मता पन्तको केश निकै सम्वेदनशिल छ । निर्मला हत्या भएको यतिका महिना बितिसक्दा पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन् । यसमा मलाई दुख लागेको छ । तर निर्मला र मिस वल्र्डको तुलना गर्नु भनेको सुन्तला र स्याउको तुलना गर्नु सरह हो ।’

साथै उनले मिस वर्ल्ड प्रतियोगिताको समयमा नेपालीहरुले दिनुभएको माया र साथको लागि निकै आभारी समेत रहेको बताइन् । आगामी दिनमा मकवानपुरको चेपाङ बस्तीको लागि निर्माण भईरहेको हेल्थपोष्टको काम पुरा गर्ने उनको भनाई छ । आफूलाई चलचित्र क्षेत्रमा कुनै रुचि नभएको उनी बताउँछिन् ।

 

Logo