‘गोरी है गोरी’ मा छचल्कियो करिश्मा र मनिशको प्रेम (भिडियोसहित)

‘गोरी है गोरी’ मा छचल्कियो करिश्मा र मनिशको प्रेम (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

लोकदोहोरी गायकको पहिचान बनाएका मुक्तिनाथ उप्रेतीले नयाँ डान्सिङ गीत बजारमा ल्याएका छन् । गायक उप्रेतीको गीत ‘गोरी है गोरी’ आज सार्वजनिक गरिएको हो ।

गीतको म्युजिक भिडियोमा चर्चित मोडल करिश्मा ढकाल र मनिश श्रेष्ठले अभिनय गरेका छन् । गीतको शब्द र संगीत गायक स्वयंले गरेका छन् । गीतमा ऋतु कँडेलले गायक उप्रेतीलाई साथ दिएकी छन् । गीतको लालकाजी श्रेष्ठले एरेन्ज गरेका हुन् । गीतमा प्रेमिल भावहरु पोखिएको गायक उप्रेतीले बताए।

उप्रेतीको केही दिन अघि मात्रै ‘झ्याइ पारौं यसपाली’ म्युजिक भिडियो  सार्वजनिक भएको थियो । उनले  ‘मायाको बिज्ञापन’, गोरी हे गोरी’,  ‘जवानी चढ्यो झन’, ‘सारै राम्री रुपकी धनी’ लगायत चर्चित गीतसहित १० वटा गीत रेकर्ड गराइसकेका उप्रेतीले  २ वटा फिल्ममा संगीत र स्वर दिएका छन ।

“टिष्टुङ पालुङ गाउँ” बोलको गीतबाट सांगेतिक यात्रा सुरु गरेका उप्रेती थाहा नगरपालिका वडा नं ६ ऐलाखमा जन्मिएका हुन् ।

 

Logo