नेपाल आइडल सिजन–२ को फाइनल पुस ६ गते, कस्ले जित्ला उपाधी ?

नेपाल आइडल सिजन–२ को फाइनल पुस ६ गते, कस्ले जित्ला उपाधी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘नेपाल आइडल सिजन–२’ को फाईनल पुस ६ गते हुने भएको छ । गत साउन २४ गतेबाट सुरु भएको नेपाल आइडल सिजन–२ को फाइनल कार्यक्रम पुल्चोक इन्जियनरिङ क्यामपसको मैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा अब चार जना प्रतिस्पर्धी छन् । बिक्रम बराल, सुमित पाठक, रबि ओड र अस्मिता अधिकारी गरि चारै जना सिजन २ को उपाधी होडमा छन् । उक्त कार्यक्रम बेलुका ५ बजे देखि सुरु हुने बताइएको छ ।

साथै फाइनलमा नेपाल आइडल सिजन–२ का टपटेन प्रतिस्प्रर्धीहरुको पनि प्रस्तुती रहने कार्यक्रमका असिस्टेन्ट डाईरेक्टर बाबु सुरेश डिसीले जानकारी दिए । बिहिबार भएको कार्यक्रममा टप ४ प्रतिस्प्रर्धीहरुले मात्र नभएर शो कार्यक्रमका जज इन्दिरा जोशी, कालीप्रसाद बास्कोटा, न्यू बज्रचार्यले सांगीतिक प्रस्तुति दिएका थिए ।

गत वर्ष पोखराका बुद्व लामाले ‘नेपाल आइडल सिजन १’ को टाइटल जितेका थिए भने यो वर्षको सबै प्रतिस्प्रर्धीहरु निकै बलिया छन् । अब ‘नेपाल आइडल सिजन–२’ को टाइटल कसले जित्छ त्यो हेर्न भने पुष ६ नै कुनुपर्ने हुन्छ ।

Logo