यी हुन् नेपालकै अहिलेसम्मका सर्वाधिक ६ सुन्दर अभिनेत्री (भिडियो रिपोर्ट)

यी हुन् नेपालकै अहिलेसम्मका सर्वाधिक ६ सुन्दर अभिनेत्री (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अहिलेसम्म सुन्दरता मापन गर्ने ‘यन्त्र’ बनेको छैन । सामान्यतया चट्ट मिलेको अनुहार, ठुला आँखा, ठिक्कको नाक, छरितो शरिर, गुलाबी ओठ हुनेहरुलाई सुन्दरताको उपमा दिइने गरिन्छ ।

महिलाहरुको हकमा भने सुन्दरताका अन्य धेरै बाँकीहरु थपिन्छन् । चलनचल्तीको भाषामा भन्नुपर्दा महिलाहरु सुन्दरी हुने ३२ लक्षणहरु हुने गर्छन् । यद्यपी सुन्दरता आ–आफ्नो हेराइ र बुझाइमा भर पर्छ ।

यसको सर्वमान्य परिभाषा भने छैन । तर, हरेक वर्ष ‘मिस नेपालदेखि मिसवल्र्ड’ सम्मका दर्जनौं सुन्दरी प्रतियोगिताहरुले त्यही ३२ लक्षणको परम्परागत परिभाषालाई पुष्टि गर्दै आएका छन् ।

आजको हाम्रो रिपोर्ट सुन्दरताको विषयमा नै केन्द्रित छ । त्यसमा पनि खासगरेर नेपाली फिल्म इन्डस्ट्रिका सुन्दर अभिनेत्रीहरु आजका हाम्रो रिपोर्टको विषय भएका छन् ।

कुनै वेलाको कुरा गर्ने हो भने माला सिन्हा, मिनाक्षी आनन्द, सुस्मा शाही, मिथिला शर्माहरु नै सुन्दरी अभिनेत्री मानिन्थे । नेपाली फिल्मको माध्यमिक कालमा भने करिष्मा मानन्धर र त्यसलगत्तै विपना थापाहरु सुन्दरी मानिए । हाम्रो रिपोर्ट आधुनिक हिरोइनहरुको हो ।

Logo