‘क्याटेन’ को गीत ‘रहर छ सँगै’ मा अनमोल र उपासनाको रोमान्स

‘क्याटेन’ को गीत ‘रहर छ सँगै’ मा अनमोल र उपासनाको रोमान्स

केन्द्रबिन्दु
0
Shares

अनमोल स्टार फिल्म ‘क्याप्टेन’ को ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा अनमोल केसी र उपासना सिंह ठकुरी फिर्चड छन् ।

सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् भने दिग्गज धौरालीले शब्द लेखेका हुन् । दिवाकर भट्टराई निर्देशित फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् ।

यस फिल्ममा अनमोल केसी, उपासना सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, प्रियंका एमभी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

फिल्मलाई दीर्ध खड्काले सम्पादन गरेका हुन् भने नवराज उप्रेतीले खिचेका हुन् । क्याप्टेन आगामी फागुन १७ गतेदेखि देशभर प्रर्दशनमा आउँदैछ ।

Logo