बलामी फिल्म ईन्टरटेन्टमेन्टले देशैभर कन्सर्ट गर्ने

बलामी फिल्म ईन्टरटेन्टमेन्टले देशैभर कन्सर्ट गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मध्य पुसमा नेपालगञ्ज गुञ्जने भएको छ । पुस १६ गते आधा दर्जन राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित नेपालगञ्ज गुञ्जने भएको हो । बलामी फिल्म ईन्टरटेन्टमेन्टले २०१९ भित्र देशैभर ६ ठाउँमा म्युजिक फेस्टिभल गरिने जनाएको छ ।

जस अन्तर्गत नेपालगञ्जको शारदा ईभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा नेपालगञ्जमा अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा म्युजिक फेटिभलको पहिलो आयोजना गर्न लागिएको आयोजक समीर बलामीले जानकारी दिए । नेपालगञ्ज र कोहलपुरको बिच गनापुरमा रहेको नमस्ते रिसोर्टमा न्यु ईयर ईभ सहितको म्युजिक फेस्टिभल हुने भएको हो ।

कार्यक्रममा गायक राजेश पायल राई, कमल खत्रीको साथै नेपाल आईडल सिजन–१ का सुरज थापा र सुजाता पाण्डेले प्रस्तुती दिनेछन् । हाँस्यकलाकार सन्दिप क्षेत्रीले कार्यक्रममा दर्शकहरुलाई हसाँउनेछन् ।

कार्यक्रममा आईटम नृत्यहरु पनि प्रस्तुत हुनेछन् । मध्य पश्चिममा यो अहिले सम्मकै ठुलो म्युजिक फेस्टिभल भएको स्थानिय आयोजक शारदा ईभेन्टसका रोनिश गौतमले बताएका छन् । अहिले प्रचार प्रसारको कामतिब्र रुपमा शुरु भएको बताईएको छ ।

कार्यक्रमको लागी १५ वर्ष देखी ६० वर्ष सम्मका दर्शकहरुलाई लक्षित गरिएको छ । कम्तीमा ७ हजारदेखि १० हजार दर्शकको लक्ष्य राखिएको कार्यक्रमले नेपालगञ्जका सबै कलेजहरुमा क्याम्पेन शुरु गरिएको छ ।

कार्यक्रममा उपस्थित हुने सबै दर्शकहरुले नेपाली ढाका टोपी लगाएरआउनुपर्ने नियम आयोजकले बनाएको छ । जनवरी १ लाई नेपाली ढाका टोपी दिवसको रुपमा मनाउन कार्यक्रमले प्रत्यक्ष भुमिका खेल्ने मनसायले उपस्थित दर्शकहरुले नेपाली ढाका टोपी लगाएर आउने वातावरण वनाईएको आयोजकको दावी छ ।

कार्यक्रममा दर्शकको लागि ५ सय र १ हजारको टिकट ब्यबस्था गरिएको छ । भिआईपी दर्शकको लागि भने २ हजार कायम गरिएको छ ।

Logo