मिस वर्ल्डको क्रममा नेपाली भोटले गर्दा भएको रोचक तथ्य

मिस वर्ल्डको क्रममा नेपाली भोटले गर्दा भएको रोचक तथ्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ६८ औं मिस वर्ल्डको ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्सले जितेकी छन् । चीनको सान्यामा भएको प्रतियोगितामा विश्वका १ सय १८ देशका शुन्दरीहरुलाइृ पछि पार्दै भेनेसाले ताज जितेकी हुन् ।

प्रतियोगिताभर नेपालकी मिस नेपाल २०१८ विजेता श्रृंखला खतिवडा टप १२ मा पर्न सफल भईन् । श्रृंखला प्रतियोगिताभर निकै चर्चामा रहिन् । दुई वटा अवार्ड जितेपछि उनको चर्चा झन चुलियो । उनले मल्टिमिडिया र ब्युटी विथ पर्पज जस्ता महत्वपूर्ण अवार्ड जितेपछि नेपालमात्र नभएर संसारभर चर्चामा आएकी हुन् ।

श्रृंखला एक महिने लामो चीन बसाई सकाएर स्वदेश फर्किएकी छन् । बुधबार राति स्वदेश फर्किदैं उनले आफ्नो अनुभव सेयर गरेकी छन् । उनले नेपालीले गरेको माया नै सबैभन्दा ठूलो उपलब्धी भएको प्रतिक्रिया दिएकी थिईन् ।

अर्को रोचक कुरा के छ भने श्रृंखलालाई सबैभन्दा बढी भोट आएको थियो । उनलाई कसैले पनि उछिन्न त के नजिक पनि पर्न सकेनन् । जसले गर्दा उनलाई मल्टिमिडिया अवार्ड जित्न एकदमै सहज भयो । उनलाई मिस वल्र्डको फेसबुक पेज, वेबसाईट, मोव स्टार एप मार्फत पनि भोट गर्न सकिन्थ्यो ।

भोट गर्ने क्रममा नेपालबाट यति धेरै भोट आयो कि मोव स्टार एप नै डाउन भएको थियो । ‘भोटमा त नेपाललाई कसैले जित्न सकेन् । मोव स्टारको एप नै डाउन भएको थियो । नेपालबाट त्यतिमात्रामा भोट गएको थियो । तर यो पटक कन्टिनेन्टल सिस्टमले गर्दा एसियाबाट एक जना छान्नुपर्ने सिस्टमले मलाई समस्या भयो । नत्र म टप ५ मा पर्ने पक्का थियो’ उनी भन्छिन् ।

स्वदेश फर्किदै श्रृंखलाले भनिन्, ‘मिस वर्ल्डको ताज नतिजेपनि करोडौं नेपालीको मन जितेकी छुँ’

Logo