स्वदेश फर्किदै श्रृंखलाले भनिन्, ‘मिस वर्ल्डको ताज नतिजेपनि करोडौं नेपालीको मन जितेकी छुँ’

स्वदेश फर्किदै श्रृंखलाले भनिन्, ‘मिस वर्ल्डको ताज नतिजेपनि करोडौं नेपालीको मन जितेकी छुँ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मिस वर्ल्ड २०१८ मा सहभागी हुन चीन गएकी श्रृंखला खतिवडा स्वदेश फर्किएकी छन् । ‘मल्डिमिडिया र ब्युटि विथ पर्पज’ जस्ता महत्वपूर्ण दुई अर्वाड जित्दै टप १२ मा पुगेकी श्रृंखला बुधबार स्वदेश फर्किएकी हुन् । उनको स्वागतको लागि हजारौं शुभचिन्तक अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै श्रृंखलाले सम्पूर्ण नेपालीलाई धन्यवाद दिएकी छन् । मिस वर्ल्डको ताज पहिरिन नसकेपनि नेपाललाई विश्वसामू चिनाउन सफल भएको उनको दावी छ ।

‘यहाँहरुले दिएको मायाको लागि धन्यवाद दिने शब्द नै भेटिएको छैन् । चीनमा रहँदा पनि साथीहरु (प्रतिस्पर्धी) ले तिमिले नेपालमा पैसा दिएर भोट गर्न लगाईरहेकी छौं की क्या हो ? भन्थे । तपाईहरुले दिनुभएको माया, विश्वासप्रति म निकै नै आभारी छु ।’ उनले भनिन् ।

मिस वर्ल्डको ताज नजितेपनि करोडौं नेपालीको मन जित्न सफल भएको भन्दै उनले खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘मिस वर्ल्डको क्रममा आफुले आफ्नो तर्फबाट वेष्ट परफर्ममेन्स नै दिएकी थिए । उपाधी जित्न नसकेपनि करोडौं नेपालीको मन जितेकी छु । अर्को महत्वपूर्ण कुरा नेपाललाई विश्वसामू चिनाउनु सफल भएजस्तो लाग्छ ।’

मिस वर्ल्डको सबैभन्दा महत्वपूर्ण मानिने ‘ब्युटी विथ पर्पज’ अवार्ड जित्ने लक्ष्य थियो र त्यो जितेपछि आफुलाई मिस वर्ल्ड नै जितेको भान भएको उनको प्रतिक्रिया छ । आफु टप ५ मा पर्नुपर्ने तर के–के कारणले पर्न नसकेको बुझ्न नसकेको उनको भनाई छ । ‘यसपाली फर्मेट चेन्ज भएकाले म टप ५ मा पर्न नसकेको हुँ कि भन्ने जस्तो लागिरहेको छ । तर यर्थात कारण चाँही मैले पनि जान्न सकेकी छैन् ।’

प्रतियोगिता सकिएपछि पनि आफु सबै प्रतियोगीहरुको लागि मिस वर्ल्ड नै भएको उनको दावी छ । उनी भन्छिन्, ‘प्रतियोगिता सकिएपछि पनि थुप्रै साथीहरुले ‘यु आर माई मिस वर्ल्ड’ भन्दै हग गर्नुभयो, रुनुभयो । त्यो मेरोलागी सबैभन्दा ठूलो उपलब्धी हो जस्तो लाग्छ ।’

नेपाल टप ५ मा परेको तर यो पटक परिवर्तन भएको फरम्याटले गर्दा असर परेको उनको भनाई छ । भोटमा नेपाललाई कसैले पनि जित्न नसकेको उनको दावी छ । ‘भोटमा त नेपाललाई कसैले जित्न सकेन् । मोव स्टारको एप नै डाउन भएको थियो । नेपालबाट त्यतिमात्रामा भोट गएको थियो । तर यो पटक कन्टिनेन्टल सिस्टमले गर्दा एसियाबाट एक जना छान्नुपर्ने सिस्टमले मलाई समस्या भयो । नत्र म टप ५ मा पर्ने पक्का थियो’ उनी भन्छिन् ।

विश्वका १ सय १८ देशका सुन्दरीहरुलाई पछि पार्दै श्रृंखला उत्कृष्ट १२ मा पर्न सफल भएकी थिईन् । उनले मिस वल्र्डको महत्वपूर्ण मानिने ब्युटि विथ पर्पज र मल्टिमिडिया अवार्ड जितेकी थिईन् । मिस वर्ल्ड २०१८ मा दुई वटा अवार्ड जित्ने श्रृंखला एकमात्र प्रतियोगि हुन् ।

अब नेपालमा फर्किएर सामाजिक कार्यमा सक्रिय हुने उनको भनाई छ । मिस वर्ल्डमा सहभागीहरु ग्यालमर क्षेत्रमा सक्रिय हुन्छन्, तपाई अब के गर्नुहुन्छ भन्ने प्रश्नमा श्रृंखला भन्छिन्, ‘त्यो उनीहरुको कुरा हो । त्यो क्षेत्रपनि एकदमै राम्रो हो । तर म त्यो क्षेत्रमा लाग्दिन् । मलाई एक्टिङ गर्न आउँदैंन् । म सामाजिक क्षेत्रमा सक्रिय हुन्छु ।’

यो पनि :

मिस वर्ल्डमा श्रृंखलालाई अन्याय भएकै हो ? प्रतियोगिताको पारदर्शीतामाथि प्रश्न चिन्ह !

मेक्सिकोकी सुन्दरी भेनेसा डिसियानलार्इ मिस वर्ल्डको उपाधि

श्रृंखलाले जितिन् एकै दिनमा दुई अवार्ड (भिडियोसहित)

श्रृंखला खतिवडा मिस वल्र्डको फाइनल चरणमा प्रवेश

श्रृंखलाको बाल्यावस्थाबारे उनकी आमाले गरिन्, यस्तो खुलासा (भिडियो अन्तर्वार्ता)

श्रृंखला ‘हेड टु हेड च्यालेञ्ज’ मा पराजित, मागिन नेपालसँग माफी

टप २० मा परेपछि के भनिन् श्रृंखलाले ? (हेर्नुहोस् भिडियो)

‘नातिनीको नाम ‘श्रृंखला’ मैले नै राखेको हुँ’: बद्री खतिवडा (भिडियो अन्तवार्ता)

Logo