भारतका ‘सुपरस्टार’ रजनीकान्तबारे ३१ रोचक तथ्य (भिडियो रिर्पोटसहित)

भारतका ‘सुपरस्टार’ रजनीकान्तबारे ३१ रोचक तथ्य (भिडियो रिर्पोटसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यतिबेला भारतको चर्चित र दर्शकहरुले पछिल्लो तीन वर्ष यताकै सर्वाधिक प्रतिक्षा गरिएको फिल्म २.० प्रर्दशनमा छ । भारतमा मात्र नभएर पुरै विश्वमा चर्चा कमाएको यस फिल्मले बक्स अफिसमा राम्रै कलेक्सन गरिरहेको छ ।

ब्लकबस्टर ‘रोबोट’ को सिक्वेल ‘२.०’ मा रजनीकान्त फेरि देखिए । यो फिल्म बलिउडको अहिलेसम्म कै सबैभन्दा महंगो फिल्म हो । ५ सय ५० करोड भारतीय रुपैयाँ खर्च गरेको यो फिल्ममा अक्षय कुमारको मेकअपमा मात्र ५ करोड खर्च लागेको थियो ।

रजनीकान्तले अभिनय तमिल सिनेमाबाट सुरु गरेका हुन् । अहिले सिंगो भारतमा ‘सुपरस्टार’ को छवी बनाएका छन् । क्षेत्रिय कलाकार भएर पनि उनी विश्वमै चर्चित छन् । एक मजदुरबाट कार्पेन्टर, कार्पेन्टरबाट कुमाले, कुमालेबाट कन्डक्टर, कन्डक्टरबाट विश्वमा सबैभन्दा प्रशिद्ध सुपरस्टार बने ।

यहाँसम्मको सफलतामा उनले कति परिश्रम गरे त्यो हामीले अनुमान मात्र लगाउन सक्छौ । एउटा चर्चित भनाई छ, ‘बलिउडमा फिल्म चाडपर्वको अवसर पारेर रिलिज हुन्छन् । कुनै दिपावलीमा, कुनै इदमा त कुनै न्यु इयरमा । तर रजनीकान्तको फिल्म जुन दिन रिलिज हुन्छ त्यो दिन आफै दिपावली बन्छ ।’

भारतीय सिनेमाको अति महंगा अभिनेता पनि हुन् उनी । केही समयअघि उनको फिल्म रिलिज हुँदा दक्षिण भारतमा सार्वजनिक विदा नै दिईएको थियो । यद्यपी रजनीकान्तको जीवनशैली उस्तो तडकभडकपूर्ण छैन्, जति उनको स्टारडम छ । उनी एकदमै सामन्य जीवन जिउँछन् । सस्तो गाडी चड्छन् ।

Logo