‘साइँली’ को गीत रिलिजमा दयाहाङदेखि गौरवसम्मले के भने ? (भिडियोमा)

‘साइँली’ को गीत रिलिजमा दयाहाङदेखि गौरवसम्मले के भने ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र ‘साइँली’ को पहिलो गीत सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रम गरि यस चलचित्रको ‘नाँच माया’ बोलको गीत सार्वजनिक गरिएको हो ।

हेमन्त रानाले गाएको गीतमा सुशान्त गौतमले संगीत भरेका छन् भने हर्क साउदले शब्द लेखेका छन् । गीतमा दयाहाङ राई, गौरव पहारी र मेनुका प्रधानलाई फिचरिङ गरिएको छ ।

यो गीत लोकलयमा बनेको छ । हेमन्त रानाको ‘सुन साइली’ बोलको गीत हिट भएपछि त्यहि गीतको नाम सापटी लिएर यो चलचित्रको नाम ‘साइँली’ राखिएको बताइएको छ ।

रामबाबु गुरुङको निर्देशन तथा लेखन रहेको चलचित्रमा दयाहाङ राई, गौरव पहारी र मेनुका प्रदानको मुख्य भूमिका रहेको छ ।

शैलेन्द्र डी कार्कीले खिचेका यस चलचित्रलाई निमेश श्रेष्ठ र किरण चाम्लिङले सम्पादन गरेका हुन् । साइँली चैत्र १५ गतेबाट देशभर प्रर्दशन हुँदैछ ।

Logo