जब सुन्तलीकै अगाडि धुर्मुसले नम्रतालाई जिस्काए (भिडियोमा)

जब सुन्तलीकै अगाडि धुर्मुसले नम्रतालाई जिस्काए (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नायिका नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘प्रसाद’ अहिले हलमा चलिरहेको छ । यो चलचित्रले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको छ ।

शुक्रबार भन्दा शनिबारको व्यापार अझै आक्रामक छ । काठमाडौंका मल्टिप्लेक्समा चलचित्र हेर्ने दर्शकले राम्रो उपस्थिति जनाईरहेका छन् ।

सुशिल पौडेलको लेखनमा तयार भएको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका छ ।

चलचित्रको कथावस्तु, प्रस्तुतिलाई दर्शकले रुचाएका छन् । चर्चित हास्यकलाकार तथा समाजसेवी सितारमा कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले समेत यो चलचित्र हेरेका छन् । चलचित्र हेरेपछि निकै राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

चलचित्रले सामाजिक विषयलाई उठान गरेको भन्दै उनीहरुले निकै नै राम्रो लागेको प्रतिक्रिया दिएका हुन् । उनीहरुले अभित्रेनी नम्रता श्रेष्ठको पनि खुलेरै प्रशंसा गरेका छन् ।

Logo