मिस वर्ल्डमा श्रृंखलालाई अन्याय भएकै हो ? प्रतियोगिताको पारदर्शीतामाथि प्रश्न चिन्ह !

मिस वर्ल्डमा श्रृंखलालाई अन्याय भएकै हो ? प्रतियोगिताको पारदर्शीतामाथि प्रश्न चिन्ह !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ६८ औं मिस वर्ल्डको उपाधी मेस्किकोकी सुन्दरी भेनेसा डिसियानले जितिन् । शनिबार चीनको सान्यामा आयोजित फाईनलमा उत्कृष्ठ ३० सुन्दरीलाई पछि पार्दै २६ वर्षीया भेनेसाले मिस वर्ल्ड २०१८ को ताज पहिरिएकी हुन् । मिस वर्ल्डको लागि ११८ देशका सुन्दरीहरु प्रतिस्पर्धामा थिए ।

‘मिस वर्ल्ड नेपाल २०१८’ श्रृंखला खतिवडा भने मिस वर्ल्ड प्रतियोगिताको टप १२ बाट बाहिरिईन् । मिस वर्ल्डको अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, बेलारुस र जमैकामध्ये मेक्सिकोकी सुन्दरी भेनेसाले निर्णायकहरुको मन जित्दै मिस वर्ल्डको ताज पहिरिएकी हुन् ।

अन्तिम ५ बाट नै मिस वर्ल्डको विजेता घोषणा गरिएको थियो । जसमा युगाण्डा, मेक्सिको तथा थाइल्याण्डले बढी पब्लिक भोट पाएका थिए । साथै थाइल्याण्डी सुन्दरी फस्र्ट रनर अप भईन् ।

इन्ट्रोडक्सन भिडियोले चुलिएको श्रृंखलाको चर्चाः


करिब तिन साता अघि मिस वर्ल्ड २०१८ को लागि बनाईएको श्रृंखलाको इन्ट्रोडक्सन भिडियो निकै भाईरल भयो । उक्त भिडियोलाई १ दिनमै लगभग ८ लाख ५६ हजार जनाले हेरे । भिडियोबाट श्रृंखलाले निकै तारिफ बटुलेकी थिइन् । त्यसपछि उनलाई भोट गर्नेहरुको ओइरो लागेको थियो अर्थात उनको चर्चा चुलियो ।

मिस वर्ल्ड प्रतियोगिताको सुरु देखि नै श्रृंखला अरु प्रतिस्पर्धीको तुलनामा भोटिङको आधारमा अग्रपंक्तिमा नै थिईन् । भोटिङ लिस्टमा नम्बर वानमा रहेकी श्रृंखलालाई नेपालबाट मात्र नभएर विदेशबाट पनि भोट आएको थियो । अन्तत: मिस वर्ल्ड २०१८ को ताज जित्ने बलियो सम्भावना हुँदाहुँदै पनि श्रृंखला चुकिन् ।

मिस वर्ल्ड २०१८ हुनबाट कसरी चुकिन श्रृंखला ?

तस्बिरः सिधा न्युजबाट

यति धेरै चर्चा र भोट पाए पनि श्रृंखला खतिवडा मिस वर्ल्डको अन्तिम १२ सम्म मात्र पुगिन् । तर मिस वर्ल्ड जस्तो अन्तर्राष्ट्रिय गरिमामय प्रतियोगितामा भएको त्रुटिलाई के भन्ने ? हिजो मिस वर्ल्डको आधिकारिक भेरिफाइड पेजमा टप ५ मा नेपालको नाम पनि पोष्ट गरिएको थियो ।

पोष्ट गरिएको केहि समयमै उक्त पोष्ट डिलिट गरियो जुन पोष्टमा ८६८ लाईक आइसकेको थियो तर मिस वर्ल्डको लाइभ ब्रोडकाष्टमा भने थाइल्याण्डको नाम अन्तिम ५ मा आयो ।

यसरी अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा श्रृंखलालाई धोका भयो भन्दा फरक नपर्ला । यसमा एउटा प्रश्न उत्पन्न भएको छ, के श्रृंखला टप ५ मा परेर पनि उनको ठाउँमा थाइल्याण्डको सुन्दरीको नाम राखियो ? यत्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा यति ठुलो त्रुटि नहुनुपर्ने ।

मिस वर्ल्डमा निकै ठूलो षड्यन्त्रः


मिस वर्ल्डबारे जानकारहरुले यसलाई षड्यन्त्रको संज्ञा दिएका छन् । सबैभन्दा पहिला टप १२ मा कुनै प्रश्नोत्तर नभईकन श्रृंखलालाई आउट गरिएकोमा पूर्व मिस नेपालहरुले बुझ्न नसकिएको जनाएका छन् ।

पूर्व मिस नेपालहरु मलिना जोशी, सृष्टि श्रेष्ठ, माल्भिका सुब्बा लगायतले श्रृंखला के कारणले आउट भए भन्नेबारे नै जानकारी पाउन नसकिएको बताएका छन् ।

दुई वटा अवार्ड जितिसकेकी श्रृंखला सबै प्रतियोगिभन्दा अब्बल रहेको बताउँदै उनीहरुले यसमा निकै नै षड्यन्त्र भएको हुनसक्ने आशंका व्यक्त गरे ।

मिस वर्ल्डलाई सौन्दर्यको मात्र नभएर बौद्धिकताको पनि प्रतिस्पर्धा मानिन्छ । तर, हिजोको प्रतियोगिता हेर्दा बौद्धिकताको कुनै मापन भएको देखिएन । प्रतियोगितामा मिस वर्ल्ड घोषणापूर्ण नै विजेताको नाम तय भईसकेको हुन सक्ने उनीहरुको ठम्याई छ ।

Logo