काठमाडौं । बुगीउगी विजेता कविता नेपालीलाई फिचर गरिएको ‘हे गोरी’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर रहेको गीतमा पुष्कर राज पन्तको शब्द रहेको छ भने संगीत शंकर थापा स्माइलको रहेको छ ।
भिडियोमा कवितासंगै पुस्कर फिचर्ड छन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियो कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् ।
फिल्म ‘ठुली’ को निर्माता समेत रहेका पन्तले भिडियोको निर्माण गरेका हुन् । विभिन्न कविता संग्रह समेत सार्वजनिक गरिसकेका पन्तले यस गीत तथा भिडियोबाट आफुले निकै आशा गरेको बताए ।
त्यस्तै गायक प्रराज र गायिका सुजाता बर्माले क्लव गीतहरु पछिल्लो समय नेपालमा चलिरहेको कारण दर्शकले ‘हे गोरी’ गीत मन पराउने बताए ।
लभ सङ को भिडियो निर्देशनमा बढी रुचाइएका निर्देशक अर्जुन अधिकारी भिडियोको बारेमा भन्छन्, ‘मलाई विशेषत लभ सङ को भिडियोमा रुचाइएको छ । तर, मेरो पर्सनल इन्ट्रेस्ट र मन भने यो खालका भिडियो निर्देशनमा छ । प्रयोग गर्न रुचाउने मान्छे हुँ । यो भिडियो अर्को प्रयोग हो मेरालागि आशा छ दर्शकले मनपराइदिनु हुनेछ ।’
प्रतिक्रिया