प्रकाश पौड्यालको व्यंगात्मक गीत ‘आची खाउ’ सार्वजनिक (भिडियोसहित)

प्रकाश पौड्यालको व्यंगात्मक गीत ‘आची खाउ’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

‘रुञ्चे’ गायकका रुपमा परिचित प्रकाश पौड्यालको अर्को व्यंग्यात्मक गीत सार्वजनिक भएको छ।  पौडेलको ‘आची खाउ’ अर्थात ‘आलु चिउरा खाउ’ बोलको नयाँ गीत सार्वजनिक भएको हो।

युनाइटेड डान्स सेन्टर धरानको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई रोशन श्रेष्ठले छाँयाकंन तथा प्रकाश तुलाधरले सम्पादन गरेका छन् । पौडेल आफैंले निर्देशन गरेको भिडियोमा राजीव दाहाल, सुर्वण पाख्रीन, एस्तर तामाङ, विराट अनुपम, नविन विशालले अभिनय गरेका छन् ।

गीतमा मोटोपन घटाउने विषयमा व्यङ्ग गरिएको छ । सञ्चारकर्मी गोपाल दाहालको शब्द, दिपराज न्योङ्हाङको सङ्गीत रहेको गीतमा गायक पौडेल र मुना पाख्रिनको स्वर रहेको छ ।

उनका ‘नाइ मलाई त्यही केटी चाहिन्छ’, ‘डाक्टर साब भिटामिन लेख्दिनुस् न’, ‘तितेपाती तितेपाती झ्याप झ्याप’ बोलका गीत चर्चित छन् ।

Logo