श्रृंखला खतिवडा मिस वर्ल्डको टप १२ मा

श्रृंखला खतिवडा मिस वर्ल्डको टप १२ मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मिस नेपाल २०१८ कि बिजेता श्रृंखला खतिवडा मिस वर्ल्डको टप १२ मा छनोट भएकी छन् । चीनको सान्यामा जारी फाईनलमा श्रृंखला टप १२ मा परेकी हुन् ।

मिस वर्ल्ड प्रतिस्पर्धाका लागि १२१ देशका सुन्दरी पुगेकोमा मिस नेपाल शृङ्खला खतिवडा पनि टप ३० मा परेकी छन् ।   मिस नेपाल शृङ्खलाले ब्यूटी विथ पर्पज र मल्टिमिडिया अवार्ड जितेर टप ३० मा पुगेकी थिईन् ।

एसियाबाट श्रृखलासँगै न्यूजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी परेकी छन् । भारत र चीनकी सुन्दरी भने टप १२ मा पर्न सकेनन् ।

टप १२ मा परेपछि श्रृखलाले आफूलाई समर्थन गरेकोमा सबै नेपालीलाई धन्यवाद दिएकी छन् । मिस वर्ल्डबाट फर्किएपछि सगरमाथामा स्काइ डाइभ गर्ने योजना रहेको बताएकी छन् ।

 

Logo