मिस वर्ल्डको फाइनल राउण्ड सुरु, हेर्नुहोस् लाइभ

मिस वर्ल्डको फाइनल राउण्ड सुरु, हेर्नुहोस् लाइभ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनल राउण्ड सुरु भएको छ । फाइनलमा मिस नेपाल श्रृंखला खतिवडासहित ३० प्रतियोगी प्रतिस्पर्धा गर्दैछन् ।

११८ देशका प्रतियोगीमध्येबाट छानिएर फाइनल पुगेका ३० प्रतियोगीहरु आज उपाधिको लागि भिड्नेछन् । नेपाली सुन्दरी दुई उपाधि जित्दै फाइनल पुगेकी हुन् । श्रृंखलाले मल्टिमिडिया च्यालेन्ज र ब्युटी विथ अ प्रपोज दुवै टाइटल जितेकी हुन् ।

लाइभ प्रसारण चलिरहँदा श्रृंखलालाई भोट गर्न सकिनेछ । यसरी गरिने भोट प्रत्येक देशबाट गरिएको भोट बराबर १ भोट गनिनेछ । अर्थात भोटको गणना कति जनाको भोट आयो भनेर भन्दा पनि कति फरक फरक देशबाट भोट आयो भन्ने आधारमा हुनेछ । नेपाली सुन्दरी श्रृंखलाले आफूलाई भोट गरिदिन विश्वभर छरिएका नेपालीहरुसँग आग्रह गरेकी छिन् ।

हेर्नुहोस् लाइभः

Logo