फलामे बारभित्र २ हजार बर्ष पुरानो मूर्ति (भिडियो रिपोर्ट)

फलामे बारभित्र २ हजार बर्ष पुरानो मूर्ति (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

नेपालको सवैभन्दा पुरानो मूर्ति कुन हो ? यो मूर्ति कहिले बनेको हो ? अहिले यो सर्वाधिक पुरानो मूर्ति नेपालको कुन स्थानमा छ ? यदी तपाईंलाई यी प्रश्नहरुको जवाफ चाहिएको छ भने यो सामाग्री तपाईका लागि खुराक बन्न सक्छ।

ललितपुर जिल्लाको ‘च्यास हिटी’ भन्ने ठाऊँमा तपाईं पुग्नु भएको छ भने देख्नु भएको हुनुपर्छ, फलामले बाँधेर राखेको यो मूर्तिलाई । चोरी हुने डरले यस मूर्तिलाई यसरी फलामे रडले घेरेर राखिएको हो ।

भनिन्छ, नेपालका महत्वपूर्ण र पुरातात्विक महत्व बोकेका ९० प्रतिसत मूर्ति चोरी भइसकेका छन् । ती मध्येका पनि धेरैजसो मूर्तिकला ३० को दशकमा चोरी भएको संरक्षणविद्धहरुसँग तथ्याङक छ ।

यस हिसावले अचम्म नै भन्नुपर्छ। यो पहिलो शताब्दिको मूर्ति भने हामीसँगै छ । यस मूर्तिलाई फलामको साङलाले बेरेर राख्नुलाई चाहिं पुरातत्व तथा संरक्षणविद्ध रवीन्द्र पुरीले यसरी अर्थ लगाए ।

यो मूर्तिका बारेमा परिचय लेखिएको बोर्ड पनि छ । यस बोर्डमा यो मूर्ति पुरानो हो भन्ने प्रमाण लेखिएको छ । हात खुट्टामा ठूला–ठूला कल्ली हुनु, कानमा ठूलो कुण्डल हुनु, कम्मर र स्तन ठूला–ठूला हुनुले यो पुरानो मूर्ति भन्ने जानिन्छ ।

२ हजार बर्ष पुरानो यस मूर्तिको कलात्मक पक्षका वारेमा समेत हामीले संरक्षणविद्ध रवीन्द्र पुरीसँग जिज्ञासा राख्यौं । संस्कृति मन्त्रालय, पुरातत्व विभाग लगायत संरक्षणका क्षेत्रमा सरोकार राख्ने धेरै सरकारी तथा गैह् सरकारी संघ–संस्थाहरु रहेका छन् । तर, कतैवाट पनि यस मूर्तिको संरक्षणकालागी कुनै पनि किसिमको सहयोग भएको पाईंदैन ।

कतिपय भारतीय अखवार र स्मारिकाहरुमा यो भारतीय मूर्तिकला हो भनेर लेखिएपनि कतैवाट खण्डन भएको छैन । के यो इतिहासलाई जोगाउन पहल गर्ने कुनै निकाय छैन ? के सरकारी निकायहरुलाई फलामे रडले बाँधिएको यो २ हजार बर्ष पुरानो मूर्तिकलाले गिज्याउँदैन ?

Logo