बाजागाजासहित रविलाई धनगढी विमानस्थलमा स्वागत गरि नगर परिक्रमा गरिएको छ । "/>

नेपाल आइडल सिजन-२ को टप ४ पुगेका रविलाई धनगढीमा भव्य स्वागत

नेपाल आइडल सिजन-२ को टप ४ पुगेका रविलाई धनगढीमा भव्य स्वागत

केन्द्रबिन्दु
0
Shares

धनगढी । नेपाल आइडल सिजन–२ को टप ४ मा पुग्न सफल रवि ओडलाई धनगढीमा भव्य स्वागत गरिएको छ । आज बिहान धनगढीमा विमानस्थलमा समर्थकले भव्य स्वागत गरेका हुन् ।

बाजागाजासहित रविलाई धनगढी विमानस्थलमा स्वागत गरि नगर परिक्रमा गरिएको छ । रविले धनगढीका विभिन्न स्थानमा हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउने छन् । विमानस्थलमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै रविले यो स्थानसम्म साथ दिने सबै समर्थकलाई धन्यवाद दिए ।

रवि अब तीनदिनसम्म सुदूरपश्चिमै रहनेछन् । तीनदिन समर्थकसँग भेटघाट र सांगीतिक कार्यक्रममा व्यस्त हुने उनले जनाएका छन् । रविले आईतबार महेन्द्रनगरमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

Logo