मुक्तिनाथको ‘झ्याइ पारौं यसपाली’ सार्वजनिक (भिडियो)

मुक्तिनाथको ‘झ्याइ पारौं यसपाली’ सार्वजनिक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

मुक्तिनाथ उप्रेतीको ‘झ्याइ पारौं यसपाली’ म्युजिक भिडियो  सार्वजनिक भएको छ।  लगनको महिना मङ्सिरलाई लक्षित गर्दै गायक उप्रेतीले विवाह सम्बन्धि गीत सार्वजनिक  गरेका हुन् ।

उप्रेतीकै शब्द, लय र स्वर रहेको गीतमा जानुका अधिकारीले पनि स्वर दिएकी छन्।  भिडियोमा मकवानपुरको थाहानगर आसपासका दृश्यहरु समेटिएका छन् । उनले  ‘मायाको बिज्ञापन’, गोरी हे गोरी’,  ‘जवानी चढ्यो झन’, ‘सारै राम्री रुपकी धनी’ लगायत चर्चित गीतसहित १० वटा गीत रेकर्ड गराइसकेका उप्रेतीले  २ वटा फिल्ममा संगीत र स्वर दिएका छन ।

“टिष्टुङ पालुङ गाउँ” बोलको गीतबाट सांगेतिक यात्रा सुरु गरेका उप्रेती थाहा नगरपालिका वडा नं ६ ऐलाखमा जन्मिएका हुन् ।

Logo