मिस वर्ल्डको फाइनल आज, शृंखला के होला ?

मिस वर्ल्डको फाइनल आज, शृंखला के होला ?

केन्द्रबिन्दु
0
Shares

मिस वर्ल्डको फाइनल आज (शनिबार) हुँदैछ । चीनको सान्यामा आज  ३० देशका ३० सुन्दरीले प्रतिस्पर्धा गर्ने छन् ।

मिस वर्ल्ड प्रतिस्पर्धाका लागि १२१ देशका सुन्दरी पुगेकोमा मिस नेपाल शृङ्खला खतिवडा पनि टप ३० मा परेकी छन् ।   मिस नेपाल शृङ्खलाले ब्यूटी विथ पर्पज र मल्टिमिडिया अवार्ड जितेर टप ३० मा पुगेकी हुन् ।

मिस वर्ल्डको फिनालीको नतिजा नेपाली समय अनुसार बेलुका पाँच बजेपछि घोषणा हुनेछ । नेपाली समय अनुसार दिउँसो चार बजेसम्म भोट गर्न सकिनेछ । मिस वर्ल्डको यो ६८ औँ संस्करण हो । दक्षिण एसियाली देशमा भारत बाहेक अरुले मिस वर्ल्ड जितेका छैनन् । मिस वर्ल्डको इतिहासमा भारत र भेनेजुएला समान ६ पटक विजेता बनेका छन् ।

सानैदेखि पढाईमा अव्वल श्रृंखला इन्जिनरिङकी विद्यार्थी हुन् । श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन्। उनका बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका एमालेका सासंद हुन् । त्यस्तै उनकी आमा मुनु सिग्देल तत्कालिन नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन्।

श्रृंखलालाई हौसला प्रदान गर्न खतिवडा दम्पत्ती पनि  अहिले चीनमा छन् ।

Logo