सर्वाधिक चर्चामा रहेकी श्रृंखलाबारे जनधारणा (भिडियोमा)

सर्वाधिक चर्चामा रहेकी श्रृंखलाबारे जनधारणा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेपालमा यतिबेला सर्वाधिक चासोको विषय बनेकी छन्, मिस नेपाल २०१८ श्रृंखला खतिवडा । मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धाको लागि चीनमा रहेकी उनी यो पटक नेपालमा मात्र नभएर संसारका अन्य देशमा पनि चर्चित छिन् ।

मिस वर्ल्ड जित्ने बलियो सम्भावना रहेकी श्रृंखला नेपालमा निकै लोकप्रिय बनेकी छन् । उनी नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, म्यानमार लगायत अन्य देशमा चर्चित बनेकी छन् । उनले अहिलेसम्म सबैभन्दा बढी भोट पाएकी छन् ।

मल्टिमिडिया अवार्डको दावेवारमा उनी सबैभन्दा अगाडि छिन् । निकै नै चर्चामा रहेकी श्रृंखलाका बारेमा आज हामीले विभिन्न व्यक्तिहरुका धारणा बुझेका छौं । भिडियोमा हेरौं जनधारणाः

Logo