जाडोमा प्रियंका जोडीको ‘हट एण्ड विकिनी’ रुप, बन्यो भाईरल

जाडोमा प्रियंका जोडीको ‘हट एण्ड विकिनी’ रुप, बन्यो भाईरल

केन्द्रबिन्दु
0
Shares

नायिका प्रियंका कार्की र नायक आयुषमान देशराज जोसीको प्रेम सम्बन्ध खुल्ला किताब झै भएको छ । यो हट जोडी बेला बखतमा केहि न केहि कारणले चर्चा तथा आलोचनामा शिकार हुने गर्दछन् ।

यो जोडीलाई ‘आयांका’ उपनाम दिईएको छ । केहि समय अघि उनीहरुको सुविमिङ पुलको एक तस्विरले तहल्का नै मचाएको थियो । अहिले फेरि यो प्रेमिल जोडीले आफ्नो सामाजिक सञ्जालमा हट तस्विर सार्वजनिक गरेका छन् । करिब १८ घण्टा अगाडि यी दुबैले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत एउटै तस्विर र क्यापसन सहित एउटा हट एण्ड बोल्ड तस्विर सार्वजनिक गरेका छन् ।

उनीहरुले लेखेका छन् ‘लिभिङ लाईफ इन वाम एल्लोज ।’ यो तस्विरमा उनीहरु निकै रोमान्टिक देखिएका छन् । यो तस्विरले पक्कै पनि जोडोलाई च्यालेन्ज गरेको छ । तस्विरमा प्रियंकाले विकिनी लगाएकी छन् भने आयुषमानले पनि आफ्नो बडी देखाएका छन् । उनीहरुले सो तस्विरमा लोकेशन टाइगर प्यालेस रिर्सोट, भैरहवा लुम्बिनी राखेका छन् । आयांका व्यस्त समयमा पनि एकअर्कासँग समय बिताँउन रुचाँउछन् चाहे सुटिङ सेट होस या सुविमङ पुल नै किन नहोस ।

अहिले यी दुबै जना चलचित्र ‘प्रेम दिवस’ को सुटिङमा व्यस्त रहेका छन् ।

Logo