नाचेर विश्व रेकर्ड राखेकी बन्दना के भन्छिन् ? (भिडियो अन्तर्वार्ता)

नाचेर विश्व रेकर्ड राखेकी बन्दना के भन्छिन् ? (भिडियो अन्तर्वार्ता)

केन्द्रबिन्दु
0
Shares

धेरै समय नृत्य गरेर विश्व रेकर्ड कायम गर्न धनकुटाकी बन्दना नेपालले अहिले आफ्नो प्रोसेस जारी राखेकी छिन् । उनले लगातार ५ दिन भन्दा वढी अर्थात १२६ घण्टा नृत्य गरेर विश्व रेकर्ड राखेकी हुुन् । १७ बर्षिय नेपालले यही मंसिर ७ गते ९ बजे देखि काठमाडौस्थित विग फूडल्याण्डमा नृत्य गरेकी हुन् ।

बाल्यकालदेखि नै नाच्न रुचाउने बन्दनाले भारतबाट समेत नृत्य प्रशिक्षण लिइसकेकी छिन् । हाल उनी चेल्सी इन्टरनेशनल कलेजमा प्लस टु लेभललमा अध्ययनरत छिन् ।

नेपालको कला सँस्कृतिलाई विश्वसामु चिनाउन बन्दनाले सबैभन्दा लामो समय नृत्य गरेर विश्व रेकर्ड राखेको बन्दना नेपाल फाउण्डेसनका संयोजक सन्तोष लामाले बताए ।

भारतस्थित केरालाकी कला मण्डलम हेमलथाले १२३ घण्टा १६ मिनेट नृत्य गरेर राखेको विश्व रेकर्ड बन्दनाले बुधबार तोडेर आफ्नो नाममा उक्त रेकर्ड दर्ता गराएकी हुन् ।

गिनिज बुक अफ वल्र्ड रेकर्डको लागि आफ्नो तर्फबाट सबै प्रोसेस चालिसकेर पठाएको र अब गिनिज वल्र्ड रेकर्डको उत्तरको पर्खाइमा रहेको बताएकी छिन् । त्यसै सम्बन्धी एक भिडियो कुराकानी ।

Logo