‘सारेगमप’ को टप ११ बाट बाहिरिइन् मेनुका

‘सारेगमप’ को टप ११ बाट बाहिरिइन् मेनुका

केन्द्रबिन्दु
0
Shares

भारतको जि टिभी च्यानलमा प्रसारण भैरहेको रियालिटी शो ‘सारेगमप’ बाट नेपालको प्रतिनिधित्व गरिरहेकी गायिका मेनुका पौडेल बाहिरिएकी छन्।

नेपाल आईडलको पहिलो सिजनमा ११ औ स्थानबाट बाहिरिएकी उनी अहिले ‘सारेगमप’ बाट पनि ११ औ स्थानबाटै बाहिरिएकी हुन्। प्रतियोगिताबाट बाहिरिएपछि उनले टप ११ सम्म पुग्नु नै ठूलो गर्वको कुरा भएको बताएकी छन् ।

आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन, ‘‘टप ११ सम्म आइपुग्नु मेरो लागी धेरै ठूलो गर्व को कुरा हो, अर्को साल फेरि यो कार्यक्रममा आउनु पर्छ भन्ने लागेको छ। आज झापा आउदै छु भोलि काठमाडौँ आइपुग्छु, अड्किएका यति धेरै कामहरू अब हामी फटाफट सुरु गर्ने छौ। आशा छ कि यहाँहरु को मायाँ साथ आशिर्वाद सधै रहने छ’ । नेपालमा पहिलो पटक भएको सारेगमपको अडिसनबाट उनी छानिएकी थिइन्  ।

 

Logo