‘छक्का पन्जा ३’ को सक्सेस पार्टीमा मदनकृष्ण र दिपाको डान्स (भिडियोमा)

‘छक्का पन्जा ३’ को सक्सेस पार्टीमा मदनकृष्ण र दिपाको डान्स (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र ‘छक्का पन्जा ३’ले ५१ दिन मनाएको अवसरमा भव्य कार्यक्रमको आयोजना गरिएको छ । मंगलबार बेलुकी काठमाण्डौको एक पार्टी प्यालेसमा भव्य कार्यक्रमको आयोजना गरिएको हो । रेड कार्पेटसहित आयोजित चलचित्रको सक्सेस पार्टीमा चलचित्र क्षेत्रमा निर्माता–निर्देशकको उपस्थिती बाक्लो थियो ।

चलचित्रका मुख्य कलाकार दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, निर शाह, संजोग कोइरालाको साथमा नायिका बर्षा राउत कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, नायक भूवन केसी, हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे, नायिका करिश्मा मानन्धर, नव–कलाकार कविता मानन्धर लगायत पनि थिए ।

कार्यक्रममा चलचित्रसँग आवद्ध प्राविधिकहरुलाई बोनस वितरण गरिएको थियो । कार्यक्रममा नायिका करिश्मा मानन्धर र कलाकार मदनकृष्ण श्रेष्ठले नृत्य गरेका थिए ।

चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतमा चलचित्रका कलाकारसँगै मदनकृष्ण र करिश्माले नृत्य गरेका हुन् । ‘छक्का पन्जा ३’ले १७ करोड हारहारीको ग्रस कलेक्शन गरेको निर्माणपक्षले जनाएको छ ।

Logo