बलिउडको हट एक्स कपलः एक अर्काको प्रेम, अहिले घृणामा परिणत

बलिउडको हट एक्स कपलः एक अर्काको प्रेम, अहिले घृणामा परिणत

केन्द्रबिन्दु
0
Shares

हालै दीपिका पादुकोण र रणवीर सिंहको विवाह भयो । ६ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले वैवाहिक सम्बन्धमा परिणत गरे । विवाहपछि ‘दीपवीर’ जब मिडियाको सामुन्ने आए एकदमै खुशी देखिन्छन् । दुवैको जोडी शानदार देखिन्छ । दीपिका रणवीर सिंहसँग रिलेसनमा हुनभन्दा अघि रणवीर कपूरसँग रिलेसनमा थिए ।

दीपिका पादुकोण र रणवीर कपूरको प्रेमसम्बन्ध लामो समयसम्म रह्यो । उनीहरुको जोडी सबैभन्दा चर्चामा थियो । दीपिका रणवीरको प्रेममा यति धेरै दिवाना भएकी थिइन कि उनले रणवीरको नामको ट्याटु समेत खोपाएकी थिइन् । केही बर्षपछि उनीहरुको सम्बन्ध टुट्यो ।

बताइन्छ कि रणवीरले दीपिकालाई धेरै पटक धोका दिएका थिए । यहि कारण दीपिका डिप्रेसनको शिकार पनि भएकी थिइन् । दीपिकाले ब्रेकअपको बारेमा पनि खुलेर बोलेकी थिइन । अहिले रणवीरको राम्रो साथी बनेकी छिन् ।

दीपिकाले रणवीर कपूरसँगको ब्रेकअप धेरै समझदारीसँग सम्हालिन् । ब्रेकअप भइसकेपछि दुवैजनाले ‘ये जवानी हे दिवानी’ र ‘तमासा’ मा स्क्रिन सेयर गरे । रणवीर कपूरको गर्लफ्रेन्ड आलिया भाट पनि उनको राम्रो साथी बनेकी छिन् ।

बलिउडमा त्यस्ता धेरै जोडीहरु छन् जुन लामो समयसम्म घनिष्ठ प्रेम सम्बन्धमा रहेर पनि अन्ततः छुट्टिए । कुनै समय एक अर्काको लागि जे गर्न पनि पछि नपर्ने, एक अर्काको प्रशंसा गरेर नथाक्नेहरु अहिले सँगै भेट भए भने पनि नदेखेझै गरी तर्कन्छन् । मिडियाको सामुन्ने खुलेर आफ्नो प्रेम सम्बन्धको बारेमा बोल्न नथाक्नेहरु अहिले एक अर्काको अनुहार हेर्न पनि चाहदैनन् ।

१.सलमान खान र ऐश्वर्य रायः


यो लिस्टमा सबैभन्दा पहिला सलमान र ऐश्वर्यको नाम आउँछ । एक समयमा राम्रो कपल थिए । तर दुवै बिच प्रेम सम्बन्ध विवादित भयो । अब यी दुई कहिल्यै सँगै काम गरेको हेर्न पाइने छैन् ।

सञ्जय लिला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’ को शुटको क्रममा उनीहरु एक अर्काको नजिक आएका थिए । सलमान खानले ऐश्वर्यमाथि धेरै नै हक जमाउन थालेपछि ऐश्वर्यले उनीहरुको सम्बन्धलाई पुर्णविराम लगाएकी थिइन् । भनिन्छ, सलमानले ऐश्वर्यलाई साँचो प्रेम गरेका थिए, त्यसैले अहिलेसम्म अविवाहित छन् ।

२. विपासा बसु र जोन अब्रहामः


विपासा बसु र जोन अब्रहाम पनि एक समयमा सबैको मनपर्ने जोडी थिए । फिल्म जिस्मको शुटिङको क्रममा यि दुईको प्रेम मौलाएको थियो ।

यी दुईले १० वर्षसम्मको लामो रिलेसनलाई ब्रेकअप गरेका थिए । हुन त अहिले दुवै आ–आफ्नो जिन्दगीमा निकै अगाडी बढिसकेका छन् । यिनीहरुको ब्रेकअप भएपछि सँगै कहिल्यै पनि देखिएनन् ।

३.रेखा र अमिताभ बच्चनः


अमिताभ र रेखाको प्रेम कहानी आजसम्म बलिउडमा धेरै चर्चा हुने विषय हो । यिनीहरु दुई विच प्रेमसम्बन्ध विवादित भएको थियो । ‘दो अन्जानी’ मा पहिलो पटक ठुलो पर्दामा देखिएका थिए । उनीहरु दुवैले गुप्त रुपमा विवाह गरेको खबर पनि बाहिर आएको थियो । सायद उनीहरु अब कहिल्यै पनि सँगै देखिदैनन् ।

४. करिष्मा कपूर र अभिषेक बच्चनः


करिष्मा र अभिषेकले पनि एक अर्कासँग धेरै लामो समयसम्म डेट गरे । यिनीहरुको इंगेजमेन्टको खबर पनि आएको थियो । दुवैले फिल्म ‘मैने प्यार किया’ मा सँगै काम गरेका थिए । जुन फिल्म हिट भएको थियो । उनीहरुको प्रेमसम्बन्ध फिल्मको कहानी भन्दा कम थिएन । अहिले एक अर्कालाई हेर्न पनि मनपराउदैनन् ।

५.ऋतिक रोशन र कंगना रानावतः


ऋतिक रोशन र कंगना रानावतको सम्बन्ध पनि विवादमा परेको थियो । ‘क्रिस–३’ फिल्मको सुटिङको क्रममा उनीहरु एक अर्काको नजिक आएका थिए । उनीहरुको विवाद कोर्टसम्म पुगेरमात्र टुगिंएको थियो ।

६.प्रियंका चोपडा र शाहिद कपूरः

एक समय थियो जब प्रियंका र शाहिद एक अर्कालाई डेट गर्थे । ‘कमिने’ र ‘तेरी मेरी कहानी’ मा सँगै देखिएका थिए । ब्रेकअप भएपछि यि दुईलाईसँगै देख्न भने मुश्किल छ ।

७. कंगना रानावत र अजय देवगनः


कंगना र अजयको प्रेम सम्बन्धको खबरले पनि लामो समयसम्म मिडियामा स्थान पाएको थियो । हुन त यो खबर कत्तिको साँचो हो, तर अहिले दुईलाई एकसाथ देख्न मुश्किल हुन्छ ।

८.शाहिद कपूर र करिना कपूरः


शाहिद कपूर र करिना कपूरको प्रेमसम्बन्ध बलिउडको सबैभन्दा विवादित सम्बन्ध हो । यिनीहरु दुवैले आफ्नो प्रेमसम्बन्धबारे मिडियामा खुलेर कुरा गर्थे ।

ब्रेकअपपछि दुवैले फिल्म ‘उडता पञ्जाब’ मा काम गरे तर उनीहरु एकसाथ देखिएनन् । दुवै एकै फिल्ममा काम गरेतापनि कुनै पनि सिनमा सँगै देखिएनन् । यद्यपी एक अर्कासँग सार्वजनिक स्थलमा सौहादपुर्ण व्यवहार गर्छन् । ब्रेकअप भएपछि एक अर्कासँग कुरा गर्न मनपराउदैन् ।

Logo