प्रियंका र निकको विवाह पार्टीमा मोदीदेखि बलिउड र हलिउड कलाकार सम्म

प्रियंका र निकको विवाह पार्टीमा मोदीदेखि बलिउड र हलिउड कलाकार सम्म

केन्द्रबिन्दु
0
Shares

केहि दिन अघि मात्र विवाह बन्धनमा बाधिएका हट कपल प्रियंका चोपडा र निक जोनासले मंगलबार दिल्लीमा पहिलो रिसेप्सन पार्टी दिएका छन् । उनले दिल्लीस्थित ताज प्यालेस होटलमा रिसेप्सन पार्टी दिएका हुन् ।

उक्त पार्टीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पुगेर बधाई दिएका छन् । साथै बलिउडका मात्रै नभएर हलिउडका स्टारहरु पनि पार्टी सहभागी भए ।

देशी गर्ल प्रियंका र अमेरिकी बाबु निक जोनासले जोधपुरको उमेद भवनमा हिन्दु र क्रिश्चिय गरि दुई परम्परा अनुसार विवाह गरेका थिए ।पार्टीमा पुगेका प्रधानमन्त्री मोदीले यो नवविवाहित जोडीसँग तस्विर पनि खिचाएका छन् ।

१० वर्ष कान्छो निकसँग प्रियंकाले केहि महिना अघि मुम्बईमा इन्गेजमेन्ट गरेकी थिइन् । निक र प्रियंकाको अफिसियल प्रेम सम्बन्ध भने गत वर्षको ओस्कार आफ्टर पार्टी देखि सुरु भएको थियो ।

उनीहरुको अर्को रिसेप्सन पार्टी भने मुम्बईमै हुने बताइएको छ । साथै उनीहरुलाई सामाजिक सञ्जालमा विवाहको शुभकामना दिनेहरुको ओइरो नै लागेको छ ।

Logo