श्रृंखलाले जितिन् एकै दिनमा दुई अवार्ड (भिडियोसहित)

श्रृंखलाले जितिन् एकै दिनमा दुई अवार्ड (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

मिस नेपाल श्रृंखला खतिवडा अन्ततः मिस वल्र्डको अन्तिम ३० अर्थात फाइनल चरणमा प्रवेश गरेकी छन् । उनल चिनको सानियामा भईरहेका मिस वल्र्ड २०१८ मा दुई वटा अवार्ड जितेकी छन् ।

खतिवडाले सोमबार भएको उक्त प्रतियोगितामा ‘ब्युटी विद पर्पस’ र ‘मल्टीमिडिया अवार्ड’ पाएर त्यँहा प्रतिस्पर्धा गरेका १ सय १७ सुन्दरीहरुलाई पछि पारेकी छन् । उनले दुई वटा अर्वाड जितेपछि आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत भिडियो सार्वजनिक गर्दै भनेकी छन् ‘थ्यांक्यु सो मच, रुँदारुँदा आँखा सुनिन लागिसक्यो, हजुरहरुले दिनु भएको यति धेरै माया, साथ र भोटले गर्दा आज म फाइनलमा पुगेकी छु ।’

मल्टिमिडिया अवार्डको लागि नेपाललाई मेक्सिको र केन्याले टक्कर दिएका थिए । जसमा श्रृंखलाले धेरै भोट पाएर मल्टिमिडिया अवार्ड आफ्नो पोल्टोमा परेकी हुन् ।  को ‘हेड टु हेड च्यालेन्ज’ मा उनी सिंगापुरसँग पराजित भएकी थिइन् । त्यतिबेला उनले रुँदै नेपालीहरुसँग माफी समेत मागेकी थिइन् भने हिजो भएको सो प्रतियोगितामा श्रृंखलाले दुईवटा अवार्ड जितेर अन्तिम ३० मा प्रवेश गर्दा खुसीको आँसु बगाएर नेपालीलाई घन्यवाद समेत दिइन् ।

श्रृंखलालाई नेपालीहरुले मात्र नभएर अन्य देशका नागरिकहरुले पनि सर्पोट गरिरहेका छन् । सुरु देखि नै उनले मल्टिमिडिया अवार्ड जित्ने अपेक्षा गरिएको थियो र उनले यो अवार्ड जितेर टप ३० मा आफ्नो स्थान सुरक्षित गरेकी छन् ।

५ फिट ७ इन्च अग्ली श्रृंखला हेटौडाको प्रदेश नम्बर ३ मा जन्मिएकी हुन् । उनी राजनितिक माहोलमा नै र्हुकिइन् । अर्थात उनको बुवा राजनितिमा आबद्घ छन् । श्रृंखलाले एसएलसी लेभल हेटौडा एकेडेमीबाट नै दिइन् । उनी आर्टिटेक्टको विधार्थी हुन् ।
श्रृंखलाले यस वर्ष मिस वल्र्ड २०१८ जित्ने सम्भावना बलियो छ ।

श्रृंखला नेपाली इनिहासकै पहिलो मिस नेपाल हुन् जो मिस वल्र्डको फाइन चरणमा प्रवेश गर्न सफल भएकी छिन् । उनी अन्तिम ३० मा प्रवेश त गरिन् तर अब आउने उनका बाटा अझ अप्ठयारा हुन्छन् ।

उनले मिस वल्र्डको ताज पहिरनको लागि निकै कसरत गर्नुपर्ने हुन्छ । मिस वल्र्डको हेड टु हेड च्यालेन्जमा पाराजित भएकी श्रृंखलाले हार मानिन जसको फल स्वरुप उनले यी दुई अवार्ड जितेकी हुन् । मिस वल्र्ड २०१८ को फाइनल डिसेम्बर ८ मा चिनको सानियामा हुँदैछ ।

Logo