श्रृंखला खतिवडा मिस वल्र्डको फाइनल चरणमा प्रवेश

श्रृंखला खतिवडा मिस वल्र्डको फाइनल चरणमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मिस नेपाल श्रृंखला खतिवडा मिस वल्र्डको फाइनल चरणमा प्रवेश गरेकी छिन् । मल्टिमिडिया भिडियोमा उत्कृष्ठ बन्दै खतिवडा फाइनल चरणमा प्रवेश गरेको मिस वल्र्डको आधिकारीक पेजमा उल्लेख छ ।

शुरुमा टप फाइभमा परेको नेपालकी श्रृंखला खतिवडा मेक्सिको, केन्या, चाइना, प्युरुटु रिको र इग्ल्याण्डका प्रतिष्पर्धीलाई पछि पार्दै उत्कृष्ट हुन सफल भएकी हुन् ।

मिस नेपाल श्रृंखला खतिवडा यतिबेला चिनमा छिन् । शनिबार भएको मिस वर्ल्ड अन्तर्गतको ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी मिस सिंगापुरसँग पराजित भएकी थिइन । त्यसको लागि उनले भावुक हुँदै नेपाल र नेपालीसँग माफि पनि मागिन् । उनको मिस वल्र्डको यात्रा भने अझै टुगिंएको छैन । र सम्भाव्यता अझै बाँकी छ । आगामी ८ तारिखमा यसको फाइनल हुनेछ ।

टप २० मा परेपछि के भनिन् श्रृंखलाले?

#Video via Youtube

Logo