जब मिसेस प्रियंका र निकलाई भेट्न फ्यानहरु एयरपोर्ट पुगे

जब मिसेस प्रियंका र निकलाई भेट्न फ्यानहरु एयरपोर्ट पुगे

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । देसी गर्ल प्रियंका चोपडा अहिले मिसेज जोनास बनेकी छिन् । प्रियंका र निकले दुई तरिकाले विवाह गरेका छन् । शनिबार उनीहरुले क्रिश्चियन परम्परा अनुसार विवाह गरे भने हिजो हिन्दु परम्परा अनसुार विवाह गरेका हुन् ।

उनीहरुले आफ्नो विवाहको अफिसियल तस्विर भने अझै पनि सार्वजनिक गरेका छ्रैनन् । तर प्रियंका र निक विवाहपछि जोधपुरबाट फर्किने समयमा प्रियंका म्यारिड लुकमा देखिएकी थिइन् ।

उनीहरुले भारतको जोधपुर उम्मेद भवन प्यालेसमा विवाह गरेका हुन् । उनीहरु जोधपुर एयरर्पोटमा आएपछि उनीहरुको म्यारिड लुकवाला एउटा तस्विर सार्वजनिक भएको छ । एयरपोटमा निक र प्रियंकाको फ्यानहरु पनि पुगेका थिए ।

प्रियंका र निकले आफ्ना फ्यानहरुलाई निराश भने गरेनन् । यस तस्विरमा न्यूली म्यारिड कपलको मुहारमा निकै चमक देखिएको छ । प्रियंकाले सार्वजनिक गरेको तस्विरमा सिउँदोमा रातो सिन्दूर, हातमा चुरा, घाटीमा मंगलसूत्र र आकासे रङको साडी लगाएकी छन् भने

निकले क्रिम कलरको क्याजुयल ज्याकेट र पेन्ट लगाएका छन् । प्रियंका र निकले ४ डिसेम्बरमा दिल्लीमा ग्राण्ड रिशेप्सन पार्टी दिने बताइएको छ ।

Logo