पारदर्शी कपडा लगाएको भन्दै अभिनेत्रीविरुद्ध मुद्दा, पाँच वर्ष जेल हुन सक्ने

पारदर्शी कपडा लगाएको भन्दै अभिनेत्रीविरुद्ध मुद्दा, पाँच वर्ष जेल हुन सक्ने

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । इजिप्टमा एक अभिनेत्रीविरुद्ध मुद्दा दायर गरिएको छ । इजिप्टमा आयोजित काहिरा फिल्म फेस्टिबलमा पारदर्शी कपडा लगाएको भन्दै अभिनेत्री रानिया यूसेफ विरुद्ध मुद्दा दायर गरिएको हो ।

काहिरा फिल्म फेस्टिबलका दौरान रानिया यूसेफले कालो रंगको आँखिझ्याल भएको कपडा लगाएकी थिइन् । जसमा उनको गोडाको अधिकांस हिस्सा छर्लंग देखिएको थियो । र, मानिसहरुले यो लुगामा विवाद सिर्जना गरेका थिए । तर कतिपयले भने उनको बचाउ गर्दै लुगा सामान्य रहेको प्रतिक्रिया दिँदैं आएका छन् ।

यो विषयमा उनी दोषी ठहरिएमा उनलाई पाँच वर्षसम्मको जेल सजाय हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

४४ वर्षिया रानीयाले यस घटनामा माफी मागेकी छिन् । उनले भनेकी छिन्, ‘यदि विवाद उठ्छ भन्ने थाहा पाएको भए म यस्तो लुगा लगाउने थिइनँ । यसको लागि म सबैसँग माफी माग्छु ।’

रानिया विरुद्ध एमरो आब्द्येसलाम र समीर सबरीले मुद्दा दायर गरेका हुन् । उनीहरु यस्ता विषयमा बारम्बार मुद्दा हाल्दै आएका छन् ।

Logo