केहि समय अघि इन्गेजमेन्ट गरेकी बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनास आज जोधपुरमा हिन्दु परम्परा अनुसार विवाह गरिरहेका छन् । "/>

प्रियंका चोपडासँग नाम जोडिएका पुरुष, निक जोनास ७ नम्बरमा

प्रियंका चोपडासँग नाम जोडिएका पुरुष, निक जोनास ७ नम्बरमा

केन्द्रबिन्दु
0
Shares

केहि समय अघि इन्गेजमेन्ट गरेकी बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनास आज जोधपुरमा हिन्दु परम्परा अनुसार विवाह गरिरहेका छन् ।

अमेरिकी बाबु निक जोनास, प्रियंकाको जीवनमा आउनु अघि नै प्रियंकाको नाम बलिउड देखि हलिउडका केहि पुरुषहरुसँग जोडिएको थियो । अर्थात अक्षय कुमार, शाहिख कपूर लगायतका ६ पुरुषहरुसँग उनको प्रेम सम्बन्धको चर्चा चल्यो । निक जोनास प्रियंकाको जीवनमा आएका सातौ पुरुष हुन् ।

साथै २०१८ देशी गर्ल प्रियंकाको लागि निकै लक्की साबित भयो । यहि वर्ष उनी विवाह बन्धनमा बाधिएकी छन् । अन्ततः निक मात्र यस्तो पुरुष बने जसले प्रियंकाको जीवनमा आएका अन्य पुरुषको तुलनामा उनको मन मुटुमा राज गर्न सफल भए ।

असीम मर्चेण्ट
प्रियंकाको जीवनमा आएका पहिलो पुरुष हुन असीम मर्चेण्ट । आफ्नो करियरको सुरुवाती दिनहरुमा प्रियंकाले असीमसँग सम्बन्ध गाँसेकी थिइन् । मिस वल्र्डको उपाधी जितेसँगै उनले असीमसँगको सम्बन्ध तोडिन् । असीमले आफू र प्रियंकाको बीचमा घटेको घटनामा आधारित रहेर फिल्म ६७ डेज बनाउने घोषण समेत गरेका थिए तर त्यो फिल्म बन्ने कुनै छाट काट देखिएन् ।

अक्षय कुमार
मुझ्से शादी करोगी, अन्दाज, वक्त–रेस, गेन्सट टाइम लगायतका फिल्ममा एउटै स्क्रिन शेयर गरेपछि अक्षय कुमार र प्रियंका चोपडा एकअर्कासँग नजिकिए । साथै दर्शकहरुले पनि उनीहरुको कमेस्ट्रि निकै रुचाएका थिए । त्यति बेला अक्षय विवाहत थिए । जब अक्षयको श्रीमतीले उनीहरुको सम्बन्धको बारेमा थाहा पाइन् तब उनीहरुको प्रेम सम्बन्ध टुट्यो ।

हरमन बावेजा
अक्षयसँगको प्रेम सम्बन्ध टुटेपछि प्रियंकाको जीवनमा हरमन बावेजाको इन्ट्रि भयो । त्यति बेला हरमन बलिउडमा आफ्नो पाइला सार्दै थिए । उनको पहिलो फिल्म ‘२०५०’ मा करिना कपूरलाई हिरोइनको रुपमा छानिइन् । तर करिनाले त्यो फिल्म छोड्दा प्रियंकाको उक्त फिल्ममा इन्ट्रि भयो । हरमन र प्रियंकाले एकसाथ काम त गरे तर फिल्म फल्प भएसँगै उनीहरुको सम्बन्धको पनि ‘द इन्ड’ भयो ।

शाहिद कपूर
प्रियंकाको जीवनमा आएका अर्का पुरुष हुन् शाहिद कपूर । शाहिद र प्रियंकाको प्रेम सम्बन्धको खुलासा अनौठो तरिकाले भएको थियो । उनीहरुको प्रेम सम्बन्धको खुलासा त्यति बेला भयो जब इनकम टयाक्सको अधिकारीहरुले प्रियंकाको घरमा छापा मारे । तब शाहिद कपूरले ढोका खोल्दा उनीहरुको प्रेम सम्बन्धको खुलासा भएको थियो ।

शाहरुख खान
बलिउड किङ खान शाहरुख खान पनि प्रियंकाको जीवनमा आएका अर्का पुरुष हुन् । ‘डन’ र ‘डन २’ फिल्ममा सँगै काम गरेपछि उनीहरु नजिकिएका थिए । उनीहरु नजिकिएको खबर निर्देशक करण जोहरले थाहा पाएपछि उनले शाहरुखको पत्नी गौरी खानलाई यो खबर सुनाए । त्यसपछि शाहरुख र प्रियंकाको सम्बन्ध टुट्यो र उनीहरु एउटै फिल्ममा कहिल्यै काम गरेनन् ।

टोम हिडलस्टान
एक पार्टीपछि टोम र प्रियंका एकअर्कासँग निकै नजिकिए । नम्बर समेत साटासाट गरे । तर जब प्रियंकाले आफू अमेरिकनसँग रोमान्स गरिरहेको कुरा बताइन् तब हल्ला फैलिएयो । तर त्यो हल्ला केहि समयमा नै सेलायो ।

निक जोनास

२०१८ प्रियंकाको लागि निकै लक्की साबित भयो । अमेरिकी बाबु निक जोनास प्रियंकाको जीवनमा आएका सातौ पुरुष हुन् । जसले प्रियंकाको जीवनमा आएका अरु पुरुषको तुलनामा उनको मन मुटु जित्न सफल भए । शनिबार क्रिश्चियन रितिरिवाजमा विवाह गरेका उनीहरुले आईतबार हिन्दु परम्परा अनुसार जोधपुरमा विवाह गरेका छन् ।

Logo