मिस नेपाल श्रृंखला खतिवडाले मिस वर्ल्डको हेड टु हेड च्यालेञ्जमा पराजित भएपछि नेपालसँग माफी मागेकी छन् । हेड टु हेड च्यालेञ्जमा सिंगापुरकी सुन्दरी भेनिसा पेहसँग पराजित भएकी हुन् । "/>

श्रृंखला ‘हेड टु हेड च्यालेञ्ज’ मा पराजित, मागिन नेपालसँग माफी

श्रृंखला ‘हेड टु हेड च्यालेञ्ज’ मा पराजित, मागिन नेपालसँग माफी

केन्द्रबिन्दु
0
Shares

मिस नेपाल श्रृंखला खतिवडाले मिस वर्ल्डको हेड टु हेड च्यालेञ्जमा पराजित भएपछि नेपालसँग माफी मागेकी छन् । हेड टु हेड च्यालेञ्जमा सिंगापुरकी सुन्दरी भेनिसा पेहसँग पराजित भएकी हुन् ।

पराजित भएसँगै एक भिडियो सन्देश जारी गर्दै नेपाल र आफ्ना फ्यानहरुसँग माफी मागेकी हुन् । आफ्नो सानो मिस्टेकका कारण उक्त विधा जित्नबाट आफु पछि परेको जानकारी दिँदै भनेकी छन्, ‘तपाईहरुले अहिलेसम्म दिनुभएको गुणप्रति निकै आभारी छु । मलाई अझै साथ दिँदैं गर्नुहोला ।’

तर, हेड टु हेडको यो च्यालेन्जमा पराजित भएपनि उनको मिस वल्र्ड यात्रा भने टुंग्गिएको छैन् । मिस वर्ल्डको टप ३० मा अझैपनि १७ वटा ठाउँहरु खाली छ । यस्तै व्युटी विथ पर्पस र मल्टिमिडिया अवार्ड पनि बाँकी रहेकाले यसमा पनि श्रृंखलाको सम्भावना बलियो छ । हेड टू हेडमा जितेको भए भने श्रृखंला सिधैँ टप ३० मा हुनेथिइन् ।

हिजो हेड टु च्यालेञ्जमा जम्मा १० वटा गु्रप मा २० जना प्रतिस्पर्धी एक अर्कासँग भिडेका थिए । जसमा प्रत्येक प्रतियोगीले ९० सेकेन्डमा उनीहरुले आफ्नो ‘ब्युटी विथ प्रपोज’ को बारेमा वकिलको जस्तो रुपमा बोल्नु पर्ने थियो ।

श्रंखलाको हेड टु हेड च्यालेन्जमा मिस सिंगापुर भेनिसा पेहसँग प्रतिस्पर्धा भएको थियो । हेड टु हेडको पहिलो राउन्डमा विजेता बनेकी उनी दोस्रो राउन्डमा पराजित भएकी हुन् । उनले यो च्यालेञ्ज जित्न नसकेकोमा माफी मागेकी हुन् ।

उनले भनेकी छिन्, ‘९० मिनेटमा सबै कुरा बोली सक्नुपर्ने भएकोले समयमै बोलेर नसकिने डरले धेरै रिर्हसल गरेकी थिइन्’ तर उनले एक दुई वाक्य बिचमा छुटाएकी थिइन् ।’ ६५ औं मिस वल्र्डको फाइनल डिसेम्बर ८ मा चीनको सान्यामा हुँदैछ ।

Logo