टप २० मा परेपछि के भनिन् श्रृंखलाले ? (हेर्नुहोस् भिडियो)

टप २० मा परेपछि के भनिन् श्रृंखलाले ? (हेर्नुहोस् भिडियो)

केन्द्रबिन्दु
0
Shares

मिस नेपाल २०१८ श्रृंखला खतिवडा मिस वल्र्डको टप २० मा छनोट भएकी छन् । मिस वल्र्ड २०१८ को प्रतिस्पर्धामा रहेकीश्रृंखला ‘हेड टु हेड च्यालेञ्ज’को टप २० मा छनोट भएकीहुन् । अबउनीटप १०को लागितयारीमा छिन् ।

टप २० मा छनोट भएपछि श्रृंखलाले एक भिडियो सन्देश जारी गरेर भोट गर्ने सबैलाई धन्यवाददिएकी छन् । मल्टिमिडिया अवार्डकालागिटप ८ सम्मभोट गर्न सक्ने भएकाले अझ धेरै भोट दिनपनिआग्रह गरेकी छन् ।

‘हेड टु हेड च्यालेञ्ज’प्रतिस्पर्धामा टप १० माआउनकालागिअब एउटा प्रिजेन्टेसन दिनुपर्ने वताउँदै श्रृंखलाले आपूmत्यसकालागितयारी अवस्थामा रहेको जानकारी दिएकी छन् ।

उनलाई मिस वल्र्डदावेवार पनिमानिएको छ । उनी नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, म्यानमार लगायतअन्य देशमाचर्चित बनेकी छन् । उनले अहिलेसम्म सबैभन्दा बढी भोट पाएकी छन् ।

मल्टिमिडिया अवार्डको दावेवारमाउनी सबैभन्दा अगाडि छिन् । उनी सानैदेखि पढाईमाअव्वलश्रृंखलाइन्जिनरिङकीविद्यार्थी हुन् । उनी सामाजिककाम र पर्यटनमा पनिउत्तिकै रुचि राख्छिन् ।

श्रृंखला राजनीतिक परिवारबाट आएकीहुन्। उनकाबाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामाचुनिएकाएमालेका सासंद हुन् । त्यस्तै उनकीआमामुनु सिग्देल नेकपाएमाले मकवानपुरको जिल्लाअध्यक्षहुन्।

उनकाहजुरबाबद्री प्रसाद खतिवडा पनिपूर्व राजनीतिज्ञ हुन् । उनी यो पटक मिस वल्र्ड नेपालले जित्ने दावी गर्छन् । आफ्नो नातिनी सानैदेखि हरेक क्षेत्रमाअब्बल रहेकाले यो पटकको मिस वल्र्डश्रृंखलाले नै जित्ने विश्वास रहेको बताउँछन् ।

Logo