मलाईका अरोडाले एक फोटो इन्ट्राग्राममा राखेपछि उनको फ्यानहरुले अनुमान लगाउन थालिसकेका छन् । कत्तिले त मलाईकाले अर्जुन कपुरसँग बिहे गरिसकेको पनि अड्कल काटेका छन् । "/>

मलाईका अरोडा र अर्जुन कपुरले गरे बिहे !

मलाईका अरोडा र अर्जुन कपुरले गरे बिहे !

केन्द्रबिन्दु
0
Shares

मलाईका अरोडाले एक फोटो इन्ट्राग्राममा राखेपछि उनको फ्यानहरुले अनुमान लगाउन थालिसकेका छन् । कत्तिले त मलाईकाले अर्जुन कपुरसँग बिहे गरिसकेको पनि अड्कल काटेका छन् । उक्त फोटोमा मलाईकाले AM लेखेको लकेट लगाएकी छिन् ।

A को मतलव उनको छोराको नाम अरहान पनि हुन सक्छ । तर धेरैले A को मतलव अर्जुन कपुर भनेर अनुमान लगाएका छन् । यद्यपी मलाईकाले साथी वाहबिज मेहेतालाई MA लकेटको लागि फोटोमा धन्यवाद पनि दिएकी छिन्, जसको अर्थ मलाईका अरोडा हुन्छ ।

मलाईका र अर्जुन अहिले प्रायः सँगै देखिन्छन् । दुवै मलाईकाको साथीले दिएको पार्टीमा सँगै देखिएका थिए । हिजो अमृता अरोडाको खास डिनरमा पनि अर्जुन र मलाईका सँगै देखिए । एक रिपोर्टका अनुसार दुवैजना अर्को वर्षको अन्त्यतिर विवाह गर्दैछन् ।

मलाईका अरोडा र अरबाज खानको डिर्भोस भएदेखि नै उनको नाम अर्जुन कपुरसँग जोडिन थालेको हो । पुरै परिवार लागेर उनीहरुको सम्बन्ध बचाउन खोजेका थिए । सलमान खान अर्जुन कपुरसँग रिसाएको खबर पनि बाहिर आएको थियो । त्यतिखेर देखि नै मलाईका र अर्जुन कपुरको अफेयरको खबर चर्चामा आउन थालेको हो ।

मलाईका र अरबाजको डिर्भोस भएपछि अर्जुनलाई मलाईकाको घरबाट राती निस्किरहेको बेलो क्यामेरामा कैद भएका थिए । क्यामेरा देख्ने वित्तिकै अर्जुनले मुख छोपेका थिए ।  एक फेसन शोको क्रममा दुवै सँगै देखिएका थिए । एक रियालिटी शो ‘इन्डियाज गट ट्यालेन्ट’ मा अर्जुनले मलाईकाको हात समाएर स्टेज तिर लगिरहेको देखिएको थियो । जुन शोको मलाईका जज हुन् । त्यसपछि मलाईकासँगै अर्जुन उनको जन्मदिन मनाउनको लागि विदेश गएका थिए ।

करण जोहरको चर्चित शो ‘कफि विथ करण’ मा अर्जुनले बिना नाम लिएर आफ्नो रिलेसनसिपको बारेमा बोलेका थिए । उता मलाईकाले इन्स्ट्राग्राममा उनको समर्थन गरेकी थिइन् । अहिले उनीहरु खुलेर बाहिर आइसकेका छन् । दुवैको कुनै न कुनै प्राइभेट फोटो बाहिर आइरहेको छ ।

Logo