रोमान्टिक बने आशिरमान र शिल्पा

रोमान्टिक बने आशिरमान र शिल्पा

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र ‘दि बे्रक अप’ को दोस्रो गीत ‘हरपल’ सार्वजनिक भएको छ । बिराज गौतमको स्वर तथा संगीत रहेको यस गीतमा प्रकाश मल्लको शब्द रहेको छ ।

उक्त गीतमा आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । यस गीतमा आशिरमान र शिल्पा रोमान्टिक बनेर एक अर्कालाई चुम्बन गरेको दृश्य समाबेश गरिएको छ ।

साथै केहि समय अघि सार्वजनिक भएको यो फिल्मको पहिलो गीत ‘आज हाम्रो भेट भाको दिन’ लाई दर्शकहरुले निकै रुचाए । हेमराज बिसी निर्देशित फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

नरेन्द्र मैनालीले खिचेको यस फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । ‘दि ब्रेक अप’ पुस २७ गते देखि देशभर प्रर्दशन हुँदैछ ।

Logo