एकल साँझको रकम क्यान्सर अस्पताललाई (भिडियोसहित)

एकल साँझको रकम क्यान्सर अस्पताललाई (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

मंसिर १५ गते वृहत एकल साँझ कार्यक्रम हुने भएको छ । गायक तथा संगीतकार प्रकाश गुरुङले सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै काठमाडौंको जमल स्थित राष्ट्रिय नाच घरमा एक साँझ कार्यक्रम हुन लागेको हो ।

उनले ५० वर्षसम्म नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै उनका चेलाहरुले यो कार्यक्रमको आयोजना गर्न लागेका हुन् । यस कार्यक्रममा उनले लगभग एक दर्जन गीत गाउनेछन् ।

नेपाली साँगीतिक क्षेत्रको इतिहाँसमा प्रकाश गुरुङ एक चर्चित नाम हो । उक्त कार्यक्रममा जम्मा भएकोबाट केही रकम उनले भक्तपुर क्यान्सर अस्पपताललाई सहयोग गर्ने भएका छन् । मंसिर १३ गते भक्तपुर क्यानसर अस्पपतालको भ्रमण गर्दै गुरुँगले त्यहाँका बिरमीहरुलाई जूस तथा बिस्कुट प्रदान गरेका थिए ।

उनको एकल सँझ कार्यक्रम यहि मंसिर १५ गते दिउँसोको ३बजेबाट काठमाण्डौको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।

 

Logo