रेखा थापाको नाम मधेशीसँग नजोडिएपछि, ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको विरोध

रेखा थापाको नाम मधेशीसँग नजोडिएपछि, ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको विरोध

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा लागेकी रेखा थापाको मधेशमै विरोध भएको छ । उनको नाम मधेशी महिलाहरुसँग नजोडिएको भन्दै प्रदेशसभा सदस्यहरुले नै विरोध गरेका हुन् । प्रदेश २ को सरकारले संचालनमा ल्याएको मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा नायिका रेखा थापाको संलग्नताको विषयलाई लिएर प्रदेशसभामा विरोध सुरु भएको हो ।

बुधबार प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्ने अधिकांश सांसदले नायिका थापालाई मुख्यमन्त्री लालबाबु राउतले यस अभियानको सद्भावनादूत बनाउन लागेको जानकारी प्राप्त हुन आएकोमा त्यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।

प्रदेशसभाको बैठक प्रारम्भसँगै शून्य समयमा बोल्दै प्रतिपक्षी दल कांग्रेस सांसद शिवचन्द्र चौधरीले सरकारको यो अभियान मुख्यमन्त्रीको निजी कार्यक्रम जस्तो बन्न थालेको आरोप लगाए।

‘थापाको नाम मधेसका महिलालाई थाहासमेत छैन्’, सांसद चौधरीले भने, ‘उनलाई अधिकांश मधेसी महिलाले चिन्दैनन् यस्तोमा उनलाई सद्भावनादूत बनाउनु उचित होइन।’ यो अभियानका लागि मधेस र भोजपुरा क्षेत्रबाट प्रतिनिधित्व गर्ने कलाकारलाई राख्नुपर्ने उनको माग छ ।

यस अभियानका लागि प्रदेश सरकारको बजेटमा ८१ करोड रकम छुट्याइएको भएपनि यसको कार्ययोजनाबारे सदनलाई केही जानकारी नरहेको भन्दै सांसदहरुले आपत्ति समेत जनाएका छन् ।

Logo