१२६ घण्टा लगातार नृत्य गरेर धनकुटाकी बन्दना नेपालले राखिन् विश्व रेकर्ड

१२६ घण्टा लगातार नृत्य गरेर धनकुटाकी बन्दना नेपालले राखिन् विश्व रेकर्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
धेरै समय नृत्य गरेर विश्व रेकर्ड कायम गर्न धनकुटाकी बन्दना नेपाल सफल भएकी छिन् । उनले लगातार ५ दिन भन्दा वढी अर्थात १२६ घण्टा नृत्य गरेर विश्व रेकर्ड राखेकी हुुन् । १७ बर्षिय नेपाल यही मंसिर ७ गते ९ बजे देखि काठमाडौस्थित विग फूडल्याण्डमा नृत्य गरिरहेकी थिइन् ।

बाल्यकालदेखि नै नाच्न रुचाउने बन्दनाले भारतबाट समेत नृत्य प्रशिक्षण लिइसकेकी छिन् । हाल उनी चेल्सी इन्टरनेशनल कलेजमा दश जोड दुईमा अध्ययनरत छिन् । नेपालको कला सँस्कृतिलाई विश्वसामु चिनाउन बन्दनाले सबैभन्दा लामो समय नृत्य गरेर विश्व रेकर्ड राखेको बन्दना नेपाल फाउण्डेसनका संयोजक सन्तोष लामाले बताउनुभयो ।

भारतस्थित केरालाकी कला मण्डलम हेमलथाले १२३ घण्टा १६ मिनेट नृत्य गरेर राखेको विश्व रेकर्ड बन्दनाले बुधबार तोडेर आफ्नो नाममा उक्त रेकर्ड दर्ता गराएकी हुन् ।

Logo