श्रृंखलालाई मिस वर्ल्डमा भोट गर्ने आज अन्तिम दिन (भोट गर्ने तरिकासहित)

श्रृंखलालाई मिस वर्ल्डमा भोट गर्ने आज अन्तिम दिन (भोट गर्ने तरिकासहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा रहेकी मिस नेपाल श्रृंखला खतिवडालाई भोट गर्ने आज अन्तिम दिन । चीनमा आयोजना भइरहेको मिस वर्ल्ड २०१८ अन्तरगत मल्टिमिडिया अवार्डका लागि श्रृंखलालाई आज भोटिङ गर्ने आज अन्तिम दिन हो । उनी मल्टिमिडिया अवार्ड जित्ने बलियो सम्भावना रहेको छ ।

पछिल्लो स्थितिमा श्रृंखला करिब ३५ प्रतिशत भोटका साथ अग्र स्थानमा छिन् । आज कुनै ठूलो परिवर्तन भएन भने श्रृंखला मल्टिमिडिया अवार्डको हकदार बन्न सक्छिन् । यो अवार्ड जितेमा उनलाई फाइनल (टप ३०) मा पुग्ने सम्भाव बलियो हुनेछ ।

यसअघि टप मोडल कम्पिटिसन र मिस ट्यालेन्ट अवार्ड जितेर फ्रान्स र जापानका सुन्दरीहरु टप ३० मा पुगिसकेका छन् । श्रृंखला यी दुवै प्रतियोगिताको फाइनल राउन्डमा परेकी थिइनन् । मल्टिमिडिया अवार्डसँगै ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी विथ प्रपोज’ मा श्रृंखलाको बलियो उपस्थिति रहेको छ । यी तीन मध्ये कुनैमा पहिलो भएको खण्डमा उनी टप ३० मा पुग्नेछिन् ।

हेड टु हेड च्यालेन्जमा अघि बढ्न पनि श्रृंखलालाई भोटिङको आवश्यकता छ । यसमा १ सय २१ प्रतिस्पर्धीहरुलाई २० समुहमा विभाजन गरिएको छ । प्रत्येक ग्रुपमा एक जना विजेता भोटिङबाट छानिन्छन् । यसरी छानिएका २० जनाले मिस वल्र्डको टप ३० मा आरक्षित १० सिटको लागि आपसमा प्रतिस्पर्धा गर्छन् ।

श्रृंखलाको समुहमा अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका गरी ६ जना सुन्दरी छन् । हेड टु हेडमा दुई भाग हुन्छन् । पहिलो भागमा भिडियो प्रिजेन्टेसन हुन्छ भने दोस्रो भागमा निर्णायकले प्रश्न सोध्छन् । प्रश्नोत्तरको भिडियो सामाजिक सञ्जालमा आएपछि भोटिङ सुरु हुन्छ । त्यसपछि पब्लिक भोटमार्फत समुह विजेता हुने अर्को राउन्डका लागि छानिन्छन् । श्रृंखलाको हेड टु हेड भिडियो यूट्यूवमा आइसकेको छ । यसले राम्रो प्रतिक्रिया पाइरहेकी छन् ।

कसरी गर्ने श्रृखंलालाई भोट ?
१) तपाईको मोबाइलमा ‘MOBSTAR‘ एप डाउनलोड गर्नुहोस् ।
२) ‘MOBSTAR’ एप कुनै सामाजिक सञ्जाल फेसबुक र गुगल मार्फत लगईन गर्नुहोस् ।
३) आइओएस प्रयोगकर्ताहरुले ‘SRINKHALA KHATIWODA‘ लेखेर सामाजिक सञ्जालमा सर्च गर्नुहोस् । सर्च गरेपछि तपाइले ‘SRINKHALA’ लेखेको एउटा प्रोफइल देख्नु हुन्छ । त्यसपछि त्यहाँ निलो टिक देख्नु हुनेछ । त्यहाँ गएर तपाईले श्रृंखलालाई फलो गर्नुपर्ने हुन्छ ।
४) उनको पोष्टहरुमा दायाँ र बायाँ स्वाइप गर्नुहोस । त्यति गरेपछि ‘Yes’ देखाउँछ । त्यसपछि मात्र त्यो भोटको रुपमा गणना हुनेछ । नयाँ अपडेटहरुको लागि भने उनको प्रोफाइल दैनिक हेर्नपर्ने हुन्छ ।
५) साथै उनको हरेक पोष्टहरुमा कमेन्ट गर्नुपर्ने हुन्छ । फेयर कमेन्टहरु मात्रै गणना गरिनेछ ।

 

Logo