अद्भूत प्रतिभाका धनी अमृतको गीत गाउँने रहर (भिडियो कुराकानी)

अद्भूत प्रतिभाका धनी अमृतको गीत गाउँने रहर (भिडियो कुराकानी)

केन्द्रबिन्दु
0
Shares

धादिङको खाल्टेमा जन्मिएका अमृत मगर बाल्यकाल देखि नै बाद्यवादनमा रुचि राख्ने गर्थे । फलस्वरुप उनी नौमतीका सम्पूर्ण बाजागाजाहरु बजाउन सक्छन् ।

सानैमा बाबुको मृत्युपछि आमाले छोडेर अर्को विवाह गरिन् । उनी हजुरआमाको स्याहार सुसारमा हुर्किए ।

सानै उमेरदेखि नै बाद्यवादनको रुचि भएकोले गर्दा नै उनलाई कुनै बाजा बजाउन त्यति असहज भएन । उनमा पलाएको आत्मबिश्वासले उनलाई झनै बाद्यवादनमा पोख्त बन्नको लागि हौसला प्रदान गर्याे ।

कक्षा नौ सम्मको अध्ययन गरेका उनले १८ वर्षमै नौमतीबाजाको तालमेल दिनसक्नु चानचुने कुरा भने पक्कै होइन् । २ दिदी र एक दाजुका भाई उनी अहिले हजुरआमासँग बस्दै आएका छन् ।

उनको घरबाट कान्छी दिदीको बिहे गरिसकिएको छ भने जेठी दिदी चितवन तिर काम गर्दै बसिरहेकी छिन् । दाजुले पनि बिहे गरेर आफ्नो घरजम जोडिसकेका छन् ।

अहिले दाजुले पनि बेवास्ता गर्न थालेको उनी बताउँछन् । हजुरआमालाई पाल्न र आफु पालिनको लागि पनि मगर समुदायमा नौमती बजाउँदै आएको उनी बताउँछन् ।

गाउँले केहि देओस् वा नदिओस् त्यस्को चिन्ता नगरि उनी गाउँका बाद्यवादन सिक्न चाहानेहरुलाई बिना पारिश्रमिकमा सिकाउँदै आएका छन् । कसैले गीत गाउँन अफर गरे आफू खुसि भएर गाउँछन् । थप भिडियोमा

Logo