म अनुप जलोटासँग नुहाउन चाहन्छु: राखी सावन्त

म अनुप जलोटासँग नुहाउन चाहन्छु: राखी सावन्त

केन्द्रबिन्दु
0
Shares

कन्ट्रोभर्सी क्वीन राखी सावन्त कुनै न कुनै कारणले सधै चर्चामा आउने गर्छिन् । केहि समय अघि मात्र उनी महिला रेस्लरलाई च्यालेन्ज गरेर घाइते भई अस्पतालमा भर्ना भएकी थिइन् ।

अनुप जलोटा र जसलीन मथारु बलिउड चर्चित रियालिटी सो ‘बिग बोस १२’ कोे चर्चित जोडी हुन् । जब देखि बिग बोस सिजन १२ मा अनुप र जसलीनको विचित्रको जोडी चर्चामा आए तब देखि राखी सावन्त उनीहरुको पछि हात धोएर लागेकी छन् । बिग बोसको स्पेशल टिकटक सेशनमा पाहुना बनेर पुगेकी राखीले भनिन् ‘म अनुप जलोटालाई किन्न चाहन्छु ।’

उक्त कार्यक्रममा बिग बोसको होस्ट अपार शक्तिले सोधेको प्रश्न यहाँ भएका कन्टेस्टेन्टहरुसँग के माग्न चाहनुहुन्छ भन्दा राखीले भनिन् ‘जस्लिन, अनुप जलोटालाई डोनेट गरिदेउ, नत्र म अनुपलाई किन्छु र उनीसँगै नुहाँउछु ।’ प्राय कन्ट्रोभर्सीमा छाउने राखीको यो चलाखिपन पनि हुन सक्छ ।

Logo