जनकपुरधाम

प्रदेश नं २ को सरकारी अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ को अभियानकर्मीका रूपमा कलाकार रेखा थापाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । "/>

जनकपुरमा बेटी पढाऊ, बेटी बचाऊ अभियान गरिने

जनकपुरमा बेटी पढाऊ, बेटी बचाऊ अभियान गरिने

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम

प्रदेश नं २ को सरकारी अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ को अभियानकर्मीका रूपमा कलाकार रेखा थापाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कलाकार थापाले ‘छोरीका लागि स्वर्णिम अभियान’ नामक कार्यक्रमका माध्यमले प्रदेश सरकारको अभियानलाई सघाउने भएकी छिन् । प्रदेश सरकार र थापाद्वारा मंगलबार मुख्यमन्त्री कार्यालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले सरकारको उद्देश्य अनुरूप कलाकार थापाले प्रदेशका आठवटै जिल्लामा विद्यमान छोरी प्रतिको असमान व्यवहार, हिंसा, भ्रूणहत्या, पढाइबाट वञ्चित र बालविवाहविरुद्ध जागरण अभियानमा सहयोगी भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो ।

छोरा हुँदा हर्ष र छोरी हुँदा दुःख, पीडा, बोझ ठान्ने मनोवृत्ति, छोरीको जन्मलाई अभिशाप ठानी हत्या गर्ने मानसिकता, अपहेलित गर्ने क्रियाकलाप विरुद्धको अभियानमा सरकारले छोरीको बीमा, साइकल वितरण, दक्षता अभिवृद्धि, सरकारी सेवा परीक्षा तयारी तालीम र प्रहरीमा ५० प्रतिशत आरक्षण लगायत योजना राखिएको उहाँले बताउनुभयो । छोरीको जुनी नचाहने मनोविज्ञानमा परिवर्तन लक्षित कार्यक्रम सञ्चालन गरी प्रदेश सरकारको अभियानलाई सघाउने धारणा राख्नुभयो ।
रासस

Logo