अष्ट्रेलिया

नेपाली गायक जो अहिले प्रवासमा छन् । उनी हुन् गायक समिर आर्चाय । उनी हाल अष्ट्रेलियामा छन् । "/>

राजाको गीत गाएर यसरी लफडामा फसे पिचरोड गायक समिर आचार्य ( भिडियो सहित )

राजाको गीत गाएर यसरी लफडामा फसे पिचरोड गायक समिर आचार्य ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलिया

नेपाली गायक जो अहिले प्रवासमा छन् । उनी हुन् गायक समिर आर्चाय । उनी हाल अष्ट्रेलियामा छन् । उनले गाएको एउटा गीत हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ , कहिल्यै नझुक्ने शिर ठाडो पार्ने स्वाभिमानी नेपाली हुन्छ… यो बोलको गीतसँगै त्यहाँ राजारानी हुन्छ भन्ने बाक्य समावेश भएपछि भने यसले विवाद उत्पन्न गराएको छ ।

गणतन्त्र नेपालमा राजा अहिले छैनन् तर हाम्रो इतिहास त राजा नै हो नि भन्ने अभिप्रायले यो गीत गाइएको गायक आचार्यले स्पष्ट पारेका छन् । यसमा विवाद उत्पन्न गराउनु पर्ने कुनै कारण नै छैन , उनी भन्छन् । मेरो लागी नेपाल एउटै हो , नेपाली एउटै हो । मेरो कुनै प्रस्तुतीले कसैलाई समस्या भएको छ भने म माफी माग्छु तर यो पनि हामीले बुझ्नु पर्छ कि इतिहास कहिले पनि झुटो हुँदैन । र यसैको आडमा देशको भविष्य बनाउन सकिन्छ ।

पछिल्ला दिनहरुमा निकै चर्चा पाएको गीत पिचरोडका समेत गायक रहेका आर्चायसँग केन्द्रविन्दु टेलिभिजनका लागी अष्ट्रेलियास्थित हाम्रा संवाददाता भिष्म ओली ( ओली भाई) ले रमाइलो कुराकानी गरेका छन् । हेरौं बाँकी कुरा गायक स्वयंकै शब्दमा यो भिडियोमा :

Logo