काठमाडौं । श्रृंखला खतिवडा अहिले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड २०१८’ को प्रतिस्पर्धामा छिन् । "/>

मिस वर्ल्ड २०१८: ‘हेड टु हेड’ च्यालेन्ज, श्रृखंलाले गरिन यस्तो अपिल

मिस वर्ल्ड २०१८: ‘हेड टु हेड’ च्यालेन्ज, श्रृखंलाले गरिन यस्तो अपिल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । श्रृंखला खतिवडा अहिले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड २०१८’ को प्रतिस्पर्धामा छिन् । मिस नेपाल २०१८ को ताज पहिरन सफल खतिवडा नेपालको इतिहासमा पहिलो ‘मिस नेपाल’ हुन् जसले ‘मिस वर्ल्ड’ जित्ने बलियो सम्भावना लिएर अघि बढिरहेकी छिन् ।

यो प्रतियोगितामा १ सय २१ देशका सुन्दरीहरुले प्रतिस्पर्धा गरिररहेका छन् । उनी भोटिङ लिस्टमा पनि सबै भन्दा अग्र पन्थिमा छिन् । उनलाई नेपालमा मात्र नभएर अन्य देशहरुबाट पनि भोट गर्नेहरुको संख्या धेरै छ । केहि समय अघि मिस वल्ड २०१८ को लागि बनाईएको उनको इन्ट्रोडक्सन भिडियो सामाजिक सञ्जालहरुमा निकै भाइरल भएको थियो । त्यो भिडियो हेरर उनको धेरैले प्रंशंसा समेत गरे ।

उनी यतिबेला सेमिफाईनलमा प्रवेश गरेकी छन् । उनले पाईरहेको भोटले मल्टिमिडिया अवार्डको उपाधी जित्नेछिन् । तर मिस वर्ल्ड हुनको लागि यो भनै भने प्रयाप्त हुदैंन् । त्यसको लागि अन्य प्रक्रिया पनि पुरा गर्नुपर्ने हुन्छ ।

मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ मा उनलाई नेपालमा भएको सबै भन्दा ठुलो समस्या के हो भन्ने प्रश्नमा उनले सुन्दर जवाफ दिएकी थिइन् । उनी भन्छिन् ‘बेरोजगारी नै नेपालीहरुले भोगेको ठूलो समस्या हो । जसले गर्दा लाखौं युवायुवतीहरु बिदेशिने गर्छन् । टुरिजमको माध्यमबाट नेपालीहरुलाई आफ्नै देशमा रोजगारीको अवसर मिल्न सक्छ । नेपाल विभिन्न भाषा भाषी, कला संस्कृति भएको देश हो । हामी सानो सानो कुरामा पनि खुसी हुन सक्छौं । हामी हाम्रो चाडपर्व, कला, संस्कृतिलाई माया गर्छौ र म विश्व माझ मेरो देश नेपाललाई हाँसोको साथ स्वागत गर्न चाहन्छु ।’

उत्कृष्ट ३० मा परेकी खतिवडा शुक्रबार मध्यरातसम्म भएको कुल भोट मध्ये उनले २०.६८ प्रतिशत प्राप्त गरेकी छिन् । उनले १ लाख २ हजार ३ सय ८४ मत पाएकी छन् भने फ्रान्सकी माइभा कुकोले ३३ हजार २ सय ९७ अर्थात ३.३२ प्रतिशत र अमेरिकाकी मारिसा बटलले ३१ हजार ८ सय २६ मत अर्थात ०.०४ प्रतिशत मत प्राप्त गरेकी छन् ।

मिस वर्ल्ड २०१८ को अन्तिम प्रतिस्पर्धा आउँदो डिसेम्बर ८ मा हुनेछ । चीनमा भइरहेको प्रतियोगिताको भोटिङमा नेपाली चेली श्रृखंलाले सबै प्रतिष्पर्धीहरुलाईपछि पार्दै आफ्नो देशको प्रतिष्ठालाई समेत बढाइरहेकी छन् । प्रतियोगिताको दौरानमा उनले सहभागी र उपस्थित सबैमाझ आफ्नो प्रभाव देखाउन सफल भएकी छन् ।

खतिवडा प्रदेश ३ को हेटौडामा १९९५ नेभेम्बर ३ मा जन्मिएकी हुन् । उनी सानै देखि राजनितिक माहोलमा नै हुर्किन् । अर्थात उनको बुवा राजनितिमा आबद्व छन् । उनी इन्जिनियरिङको विधार्थी समेत हुन् । उनले पुलचोक इन्जिनियरिङ क्यापसबाट आर्किटेक्ट अध्ययन गरेकी हुन् ।

५ फिट ७ इञ्च अग्ली श्रृंखला कलेज टपर समेत रहेकी छिन् । उनले प्रतियोगितामा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु पनि गरेर नेपालको सँस्कृति अरुलाई चिनाइरहेकी छिन् ।

 

 

Logo