काठमाडौं । 'नाच फिरिरि'को अपार सफलतापछि 'नाच फिरिरि-२' बन्ने भएको छ । रिल र रियल जोडी निर्देशक तथा कलाकार निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनित ‘नाच फिरिरि’ ले ३० लाख भ्यूज पाएको छ । "/>

‘नाच फिरिरि २’ मा पनि निश्चल र स्वस्तिमाकै जोडी (भिडियो)

‘नाच फिरिरि २’ मा पनि निश्चल र स्वस्तिमाकै जोडी (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ‘नाच फिरिरि’को अपार सफलतापछि ‘नाच फिरिरि-२’ बन्ने भएको छ । रिल र रियल जोडी निर्देशक तथा कलाकार निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनित ‘नाच फिरिरि’ ले ३० लाख भ्यूज पाएको छ ।

जि २१ डिजिटलको प्रस्तुति रहेको गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको ‘नाच फिरिरि’ ले ३० लाख भ्यूज पाएको उपलक्ष्यमा केट काटिएको छ । योसँगै ‘नाच फिरिरि २’ को पनि घोषणा गरिएको छ ।

महेश काफ्लेको शब्द, संगीत रहेको गीतको भिडियो पोखरा आसपासका विभिन्न स्थानमा छायाँकन गरिएको थियो । निश्चलले नै निर्देशन गरेको भिडियोमा निश्चल र स्वस्तिमाको अभिनय थियो । अब बन्न लागेको नाच फिरिरि २ मा पनि उनीहरुकै जोडी रहने जनाईएको छ ।

 

Logo