दुर्गा पंगेनी/काठमाडौं । गायिका तथा मोडल ज्योति मगरले आफुमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । नवलपरासीको गैँडाकोटमा प्रस्तुति दिन पुगेकी ज्योति मगरलाई आयोजक मध्येकै एक व्यक्तिले अपशब्द बोल्नुका साथै दुव्र्यवहार समेत गरेका थिए । "/>

ज्योति मगरलाई होटलसम्म छोड्न आएका युवक फर्किन नमानेपछि…

ज्योति मगरलाई होटलसम्म छोड्न आएका युवक फर्किन नमानेपछि…

केन्द्रबिन्दु
0
Shares

दुर्गा पंगेनी/काठमाडौं । गायिका तथा मोडल ज्योति मगरले आफुमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । नवलपरासीको गैँडाकोटमा प्रस्तुति दिन पुगेकी ज्योति मगरलाई आयोजक मध्येकै एक व्यक्तिले अपशब्द बोल्नुका साथै दुव्र्यवहार समेत गरेका थिए । ज्योतिलाई होटलसम्म पुर्‍याउँन आएका आयोजक मध्येका एक व्यक्तिले होटलको कोठामा पुगेपछि दुव्र्यवहार गरेको ज्योतीले बताएकी छन् ।

बुधबार राति गैँडाकोटको एक होटलमा रक्सी सेवन गरेका ति आयोजक पछि लागेर ज्योतिको रुममा छिरेका थिए । उनलाई निकाल्न होटल स्टाफ लगायत अन्यले कोसिस गर्दा नसकेपछि ज्योतिले १०० नम्बरमा फोन गरेर प्रहरी बोलाएकी थिईन् । उक्त व्यक्तिलाई प्रहरीले होटलबाटै नियन्त्रणमा लिएको थियो ।

अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि उक्त कुराको जानकारी ज्योतीले सामाजिक सञ्जाल मार्फत पनि जानकारी दिएकी थिईन् । बुधबार राति उनले लेखेकी थिईन्, ‘म एकदम डराएकी छु । तर मैले लड्नु छ । र यो सुरु भएको छ ।’

प्रहरीले होटेलमा पुगेर दुव्र्यवहार गर्नेलाई नियन्त्रणमा लिएको थियो । बिहान ती व्यक्तिसँग मापसे गरेर केही अपशव्द बोलेको स्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गा रेग्मीका अनुसार दुवै पक्ष बीच सहमति भएपछि विवाद मिलेका डिएसपी रेग्मीले बताए ।

Logo