पछिल्लो समय बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेत्रा रणवीर सिंह निकै चर्चामा रहेका छन् । ६ वर्षको प्रेम सम्बन्धपछि उनीहरु विवाह बन्धनमा बाधिएका हुन् । "/>

रणवीरको साथमा पहिलो पटक माइती पुगिन् दीपिका

रणवीरको साथमा पहिलो पटक माइती पुगिन् दीपिका

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेत्रा रणवीर सिंह निकै चर्चामा रहेका छन् । ६ वर्षको प्रेम सम्बन्धपछि उनीहरु विवाह बन्धनमा बाधिएका हुन् ।

विवाह गरेपछि पहिलो पटक दीपिका पति रणवीरको साथमा आफ्नो माइती ब्याङलोर पुगेकी छन् । रणवीर र दीपिकाका फ्यानहरुले उनीहरुलाई ‘दीपवीर’ उपनाम दिएका छन् । फयानहरुले दीपिकाको होमटाउनमा उनीहरुलाई भव्य स्वागत गरेका छन् । अर्कोतिर रणवीरलाई दीपिकाको माइतीमा पनि विशेष स्वागत गरिएको छ । इटालीमा विवाह गरेपछि दीपवीर आईतबार मुम्बई फर्किएका थिए । 

दीपवीर जब ‘पादुकोण हाउस’ पुगे तब उनीहरुलाई फयानहरुले घेरेका थिए । दुवैले घरको बरण्डाबाट हात हलाएर आफ्नो फयानलाई धेरै माया दिएकोमा धन्यवाद समेत दिएका छन् । आउदो नोभेम्बर २१ मा बेगलोरको ‘द लीला प्यालेस’ होटलमा दीपवीरले विवाहको पहिलो रिसेप्सन पार्टी दिने बताइएको छ ।

यो पार्टीमा दुवै परिवारको आफन्त र साथीहरुलाई बोलाइएको छ । साथै २८ नोभेम्बर मुम्बईमा अर्को पार्टी पनि आयोजना गरिएको छ जसमा भने बलिउड सेलिब्रेटीहरुलाई बोलाइएको छ । एजेन्सी

Logo