काठमाडौं । ‘मिस नेपाल २०१८’ को ताज जितेर एकाएक चर्चामा आएकी श्रृखंला खतिवडा यतिबेला नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्ड प्रतियोगिताको लागि भिडन्तमा छिन् । "/>

विश्व सुन्दरीको उपाधी नजिक श्रृखंला खतिवडा (भिडियो रिपोर्ट)

विश्व सुन्दरीको उपाधी नजिक श्रृखंला खतिवडा (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ‘मिस नेपाल २०१८’ को ताज जितेर एकाएक चर्चामा आएकी श्रृखंला खतिवडा यतिबेला नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्ड प्रतियोगिताको लागि भिडन्तमा छिन् । २३ वर्षीया श्रृखंला खतिवडा मिस वल्र्डको ताज पहिरिन आतुर रहेकी छिन् ।

यही कारण पछिल्लो समय उनको व्यवस्तता बढेको छ । श्रृखंलाको यात्रा व्यस्ततामा मात्र सीमित छैन, ‘मिस वल्र्ड’ बन्ने सम्भावनातर्फ समेत अघि बढिरहेको विश्लेषण र अड्कल सुरु भएको छ ।

चीनमा भइरहेको प्रतियोगिताको भोटिङमा श्रृखंलाले सबै प्रतिष्पर्धीहरुलाईपछि पार्दै अघि बढिरहेको तथ्य सार्वजनिक भएको छ । स्रोतका अनुसार उनी भोटिङमा पहिलो नम्बरमा छिन् । विश्वका १ सय २१ देशका सुन्दरीहरु मध्ये श्रृखंला खतिवडा अहिलेसम्मको सफलता लोभलाग्दो छ ।

के श्रृंखलाले पहिरिन्छिन त ‘मिस वल्ड २०१८’ को ताज ?

अहिलेसम्मको अवस्था हेर्दा उनले ‘टप टेन’ प्रतियोगीको रुपमा आफूलाई उभ्याइसकिएको अड्कल गर्न थालिएको छ । प्रतियोगिताको दौरानमा उनले सहभागी र उपस्थित सबैमाझ आफ्नो प्रभाव देखाउन सफल भइरहेकी छिन् ।

खतिवडा प्रदेश ३ को हेटौडामा १९९५ नेभेम्बर ३ मा जन्मिएकी हुन् । उनी सानै देखि राजनीतिक माहोलमा नै हुर्किइन् । अर्थात उनको बुवा आमा नै राजनीतिमा आबद्व छन् । उनका बुबा विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका तत्कालिन एमाले सासंद हुन् । त्यस्तै उनकी आमा मुनु सिग्देल पनि तत्कालिन नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् ।

श्रृंखलाले एसएलसी लेभल हेटौडाबाट नै पुरा गरिन् । उनी इन्जिनियरिङको विद्यार्थी समेत हुन् । उनले पुलचोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्ट अध्ययन गरेकी हुन् । श्रृंखला कलेज टपर समेत रहेकी छिन् । कम्युनिष्ट परिवारमा जन्मिएर ग्लयामरस क्षेत्रमा प्रवेश गरेकी उनी यही कारण पनि चर्चामा रहेकी छन् ।

उनले प्रतियोगितामा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु गरेर नेपालको संस्कृति आदान प्रदान गरिरहेकी छन् । त्यही कुरालाई उनले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा राखेर शेयर गरिरहेकी छिन् । उनलाई नेपालीले मात्र नभएर अन्य देशका नागरिकहरुले समेत सपोर्ट गरिरहेको बताइन्छ ।

श्रृंखला खतिवडालाई भोट गर्ने तरिकाः–
१) तपाईको मोबाइलमा ‘MOBSTAR’ एप डाउनलोड गर्नुहोस् । 
२) ‘MOBSTAR’ एप कुनै सामाजिक सञ्जाल फेसबुक र गुगल मार्फत लगईन गर्नुहोस् । 
३) आइओएस प्रयोगकर्ताहरुले ‘SRINKHALA KHATIWODA’ लेखेर सामाजिक सञ्जालमा सर्च गर्नुहोस् । सर्च गरेपछि तपाइले ‘SRINKHALA’ लेखेको एउटा प्रोफइल देख्नु हुन्छ । त्यसपछि त्यहाँ निलो टिक देख्नु हुनेछ । त्यहाँ गएर तपाईले श्रृंखलालाई फलो गर्नुपर्ने हुन्छ । 
४) उनको पोष्टहरुमा दायाँ र बायाँ स्वाइप गर्नुहोस । त्यति गरेपछि ‘Yes’ देखाउँछ । त्यसपछि मात्र त्यो भोटको रुपमा गणना हुनेछ । नयाँ अपडेटहरुको लागि भने उनको प्रोफाइल दैनिक हेर्नपर्ने हुन्छ । 
५) साथै उनको हरेक पोष्टहरुमा कमेन्ट गर्नुपर्ने हुन्छ । फेयर कमेन्टहरु मात्रै गणना गरिनेछ ।

Logo